काठमाडौं, २३ कात्तिक । भारत भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सत्तरुढ भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले कात्तिक २१ देखि १ मंसिरसम्म भारत भ्रमण गरेका थिए । नयाँ पत्रिकामा खबर छ ।
भाजपाका संगठन विभाग प्रमुख डा. दिनेश उपाध्यायका अनुसार ज्ञानेन्द्रले २३ कात्तिकमा भारतीय प्रधानमन्त्री मोदीसँग दिल्लीमा भेटवार्ता गरेका हुन् । छलफलका विषयमा भने उनले विस्तृत बताउन चाहेनन् । भाजपा अध्यक्ष अमित शाह, वरिष्ठ नेता लालकृष्ण आडवाणीलगायतसँग पनि पूर्वराजा ज्ञानेन्द्रले छलफल गरेको उपाध्यायले बताए । ०६६ मा गुजरात जाँदा मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए ।
No comments:
Write comments