एजेन्सी, २२ मंसिर । अभिनयमा भन्दा मोडलिङमा बढी नाम कमाएकी अमेरिकी सेक्स सिम्बोल मर्लिन मुनरोको जीवन ३६ वर्षमै सकिएको थियो । १६ वर्षमा पहिलो विवाह गरेकी उनले जीवनमा ३ विवाह गरिन । तर तिनवटै विवाह डिर्भोसमा गएर टुंगिएका थिए । पहिलो बिहे प्रहरी अधिकृत जेम्स डौघर्टीसँग चार बर्ष टिकाएकी मर्लिनले दोस्रो विवाह अमेरिकी बेसबल खेलाडी डिम्यायीओसँग गरिन । तर दोस्रो बिहे त हिनमुन समयमै संकटग्रस्त भयो ।
जोयसँगको विवाह टुंगिए पनि दुईबीचाके प्रेमले अझै चर्चा पाइरहेको छ । मर्लिनले आफूहरुसँग डिर्भोस गर्ने थाहापाएपछि जोयले प्रेममा पागल भएर चिठी लेखेका थिए । डियर बेबी भनेर सम्बोधन गरिएका ३ सय थान लभलेटर शनिबार लिलामीमा बढाबढमा बिक्री भए । ७८ हजार डलरमा ती चिठी किन्ने व्यक्तिको नाम गोप्य राखिएको छ । मर्लिनले आफनो तेस्रो पतिलाई लेखेको अन्तिम चिठी पनि साढे ४३ हजारमा बिक्री भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
No comments:
Write comments