सामाजिक सञ्जालमा उक्त विषय भाइरल बन्यो ।
तीतो सत्यको प्रसारण रोकिएको विषयमा क्षमा माग्दै सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले उक्त शृंखलाको प्रसारण आगामी बिहीबार गर्न नेपाल टेलिभिजन व्यवस्थापनलाई निर्देशन दिइसकेका छन् । अब दर्शकले रोकिएको उक्त विवादास्पद शृंखला हेर्न तीन दिन प्रतीक्षा गर्नुपर्ने छ ।
उक्त प्रकरणमा तीतो सत्यका निर्देशक एवम् प्रमुख कलाकार दीपकराज गिरीले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय चर्चा पाए । तर नक्कली मोदीको भूमिकामा अभिनय गरेका कलाकारको भने कमै मात्र चर्चा भयो ।
हेरौं को हुन् र कस्ता छन् नक्कली मोदी
शिबहरि पौडेल र जितु नेपालको अर्को हास्य शृंखला जिरे खुर्सानीमा सभासद्को भूमिका गर्दै आएका शिवहरि बैरागी तीतो सत्यमा नक्कली मोदी बनेका छन् । ‘काठमाण्डु टुडेसँगको कुराकानीमा उही रसिक पारामा बैगारीले भने, ‘म उही जिरे खुर्सानीको पार्टीलाई सहयोग गरेको समानुपाकितमा परेको सभासद् के त ?’ बलेका ‘बाउ’ उनको यो थेगो गाउँदेखि सहरसम्म सबैको जिब्रोमै झुण्डिएको छ ।
खास गरी संविधानसभामा दलहरुले समानुपातिकतर्फबाट सभासद चयन गर्दा भएको आर्थिक चलखेलको पाटोलाई ब्यंग्य गर्न ‘पार्टीलाई सहयोग गरेको समानुपाकितमा परेको’ थेगो प्रयोग गरेको उनी बताउँछन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हर्के हल्दारमा भने उनी लाहुरेको सम्झी झम्के काकाको भूमिकामा देखा पर्छन् । सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस–९ मा जन्मिएका बैरागीको अभिनय यात्राले तीन दशक पार गरिसक्यो । सन् १९८५ मा नदरेन्द्र थापा अभिनित सानो पर्दाको चलचित्रबाट अभिनय यात्रा थालेका उनी अहिले सफलताको शिखर चुमेका छन्, खास गरी हाँस्य ब्यंग्यको क्षेत्रमा । उनलाई शिवरि भनेरै कमैले र पार्टीलाई सहयोग गरेको सभासद् भनेर धेरैले चिन्ने गरेका छन् ।
‘बाटामा देखे भने मानिसहरु ऊ हेर त हेर ‘पार्टीलाई सहयोग गरेर समानुपातिकमा परेको सभासद’ भनेर देखाउँछन्’, उनी भन्छन् । उनले उपकार, जिन्दगानी, शुभकामना, नयाँ नेपाल एक्सप्रेस, आउँदै गरेको ‘नाई न भन्नु ल थ्री’ सहित दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।
सोमबार दीपकराज गिरीको चलचित्र ‘वडा नम्बर ६’ को छायाकनका क्रममा काठमाण्डुको नलिनचोकमा रहेका उनले टेलिफोन कुराकानीको बिट मार्दै भने, ‘निर्देशकले एक्सन भने, मैले फोन राखिदिएँ है ।’ अचम्म त के छ भने हास्य ब्यग्य क्षेत्रमा यति धेरै सफलता हात पारेका उनी औषधि व्यवसायी हुन् । बीपी स्मृति अस्पताल वसुन्धारामा उनको औषधि पसल छ । सोही अस्पतालको शेयर होल्डर पनि हुन् । ‘धेरैलाई थाहै छैन, औषधि बेच्छु, कालीमाटी रविभावनमा औषधि बेचेर कमाएको केही र नौटंकीबाट कमाएको केही थपेर बासको व्यवस्था गरेको छु’ उनले भने ।
गएको वर्ष साउनमा गाइजात्राको केही समयअघि भारतीय प्रधानमन्त्री नदरेन्द्र मोदी पहिलोपटक औपचारिक नेपाल भ्रमणमा आएका थिए । त्यसबेला मोदीलाई ‘देखाउन’ सरकारकले काठमाण्डु उपत्यकामा सडक बनाउनेदेखि लिएर सडकका किनारामा सरसफाई र रातारात बोटविरुवा रोपेको थियो भने काठमाण्डुका छाडा गाई/गोरुलाई गाडीमा राखेर चोभार कटाइएको थियो । पशुपतिमा रहेको साँढेको कुरुवा प्रहरीको डिएसपी थिए ।
मोदी आउने भएपछि गरिएको सरकारी चुरीफुरीलाई गाइजात्रामा विषय बनाउने सोचे जिरे खुर्सानीका मुन्द्रे अर्थात जितु नेपालले । तर नक्कली मोदी बन्ने कोही पाइएन । उनले आफ्नै ‘सभासद’ अर्थात बैरागीलाई नक्कली मोदीका रुपमा देखाए । भृकुटी मण्डपमा देखाइएको मोदीको प्रहसन धेरैले रुचाएका थिए ।
‘दीपकराज गिरीलाई मोदी आएपछि रातारात विकास भएको देखाउन मन लागेछ’, उनले भने, ‘गाइजात्रामा जस्तै यसपटक तीतोसत्यमा मोदीको भूमिका खुल्दिनुप¥यो दाई भने, नार्इँं भन्न सकिन र नक्कली मोदी बनें ।’ उनले नक्कली मोदी बन्न आफूले न्यूरोडको एक टेलरबाट तलदेखि माथिसम्मको पोशाक र चश्माका लागि ७ हजार बढी खर्च गरे । अनौचारिक ‘फम्र्याट’ मा प्रस्तुत भएका बैरागीले भने, ‘चश्माको मात्र १८ सय परो, के कुरा गर्नु र ?’
‘दीपकराज गिरीलाई मोदी आएपछि रातारात विकास भएको देखाउन मन लागेछ’, उनले भने, ‘गाइजात्रामा जस्तै यसपटक तीतोसत्यमा मोदीको भूमिका खुल्दिनुप¥यो दाई भने, नार्इँं भन्न सकिन र नक्कली मोदी बनें ।’ उनले नक्कली मोदी बन्न आफूले न्यूरोडको एक टेलरबाट तलदेखि माथिसम्मको पोशाक र चश्माका लागि ७ हजार बढी खर्च गरे । अनौचारिक ‘फम्र्याट’ मा प्रस्तुत भएका बैरागीले भने, ‘चश्माको मात्र १८ सय परो, के कुरा गर्नु र ?’
उनले आफूले मोदीकै जस्तो आवाज निकल्ने कोसिस नगरे पनि अभिनयमा भने उनकै जस्तो गर्न खोजेको बताए । ‘आवाज चाहिं निकाल्न कोसिस गरेको छैन’, उनले भने, ‘मै ने बोल्दिया है’ भन्ने मोदीको बाक्वयमा अलिकति पारा ल्याउन खोज्छु ।’
क्यारिकेचर सिक्न समयले भ्याएसम्म टेलिभिजनमा मोदीले बोलेको हेर्ने गरेको उनले बताए ।
kathmandutoday.com
No comments:
Write comments