काठमाडौं : मध्य नेपालमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । सार्क राष्ट्रका प्रमुखहरु १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुनडौं आएकै राति नेपालमा भूकम्प काठमा गएको हो ।
मंगलबार साँझ ९ बजेर ३३ मिनेटमा गोरखाको उत्तरी केरौजा गाविसमा केन्द्रबिन्दू भएको ४ दशमलब ५ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं आसपासका जिल्लाहरुमा पनि महसुुस भएको छ । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र नुवकोट जिल्लाहरुमा महसुस भएको हो । भूकम्पबाट मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त हुन सकेको छैन ।
मोदीसँगै भूकम्प
सार्क शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएकै दिन नेपालमा भूकम्प गएको छ ।
यसअघि उनी साउन १८ मा दुई दिने औपचारिक भ्रमणमा आएकै दिन पनि नेपालमा भूकम्प गएको थियो । त्यो बेला तिब्बतलाई केन्द्रबिन्दू बनाएर ५.५ म्याग्निच्यूटको भूकम्प गएको थियो ।
यो पटक पनि मोदीसहितका सार्क राष्ट्रका नेताहरु आएकै दिन नेपालमै केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।
एजेन्सी
No comments:
Write comments