भारत सरकारले आतंककारीद्धारा नेपालका महत्वपूर्ण नेताको हत्या हुनसक्ने सुचना नेपाल सरकारलाई दिएको छ ।
भारतले यस्तो सूचना आफूले अत्यन्त भरपर्दो र विश्वासिलो स्रोतबाट पाएको पनि पत्रमा उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई लेखिएको पत्रमा नेताको हत्या र कूटनीतिक अधिकृतको अपहरणको खतरा के कारणले हुनसक्ने हो भन्ने खुलाइएको छैन तर अन्तर्राष्ट्रिय आत)कवादी संगठन अलकाइर इन्डियन मुजाहिद्दिनबाट त्यस्तो कार्यको सम्भावना रहेको उल्लेख छ ।
सूचनामा अत्यन्तै सुरक्षा खतरा भएका नेता को को हुन् भन्ने उल्लेख नगरी प्रोमामिनेन्ट नेपाली पोलिटिसियन्स भन्ने वाक्यांश प्रयोग गरिएको खबर आजको अन्नपूर्ण पोस्ट ले छापेको छ ।
No comments:
Write comments