top_rightads

Wednesday, October 29, 2014

लज्जा रिलिज भइरहँदा किन बाहिरियो हवल्दार सुन्तलीको पोष्टर ?

 

habaldarकाठमाडौं । शिल्पा पोखरेलले डेब्यू गरेको फिल्म लज्जा प्रर्दशनरत छ । फिल्मले अपेछा गरिए भन्दा ज्यादा ब्यापार पनि गरिरहेको छ । तर यहि बेला छविराज प्रोडक्सनले नयाँ फिल्म हवल्दार सुन्तलीको फष्टलुक पोष्टर सार्वजनिक गरेको छ । लज्जाकी हिरोइन शिल्पानै मुख्य भूमिकामा रहेको हवल्दार सुन्तली यथार्थ घटनामा बनाईएको फिल्म हो । ऋषि लामिछानेले निर्देशन गरेको यो फिल्मलाई आउँदो चैत्र २७ गते प्रर्दशन गर्ने उद्देश्य सहित छविराज प्रोडक्सनले फष्टलुक पोष्टर बाहिर ल्याएको हो । हामीले लज्जाबाट सफलता हात पारिसक्यौ अबको ध्यान हवल्दार सुन्तली तर्फ रहेकाले आज फष्टलुक सार्वजनिक गरेका हौ । निर्माता छविराज ओझाको भनाई छ । आफ्नै सहकर्मीबाट बलकृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा बनेको यो फिल्ममा किशोर खतिवडा सहित सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । हवल्दार सुन्तली प्रर्दशन हुने दिन विनय श्रेष्ठको फिल्म रेशम फिलिली पनि प्रर्दशन हुँदैछ । - See more at: http://www.ratopati.com/2014/10/29/178061.html#sthash.JiNzru4x.ePiE4GWJ.dpuf

No comments:
Write comments