top_rightads

Monday, December 8, 2014

हजुरआमाको घाँटी रेटी टाउको लिएर भाग्न खोज्दा...

 

काठमाडौं । सामान्य विवादमा नातिले हजुरआमाको घाँटी रेटेर हत्या गरेका छन् । विवादमा क्रममा आफूलाई घुरेर हेरेको भन्दै काठमाडौं विजयश्वरीका १८ वर्षीय छिरिङ तामाङले ८६ वर्षीया हजुरआमाको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।



केही दिनअघि काभ्रेबाट छोरीको घरमा बस्न आएकी हजुरआमा दामु तामाङलाई कान्छी छोरीका छोराले टाउको छिनाएर विभत्स हत्या गरेका हुन् ।  हजुरआमाले घुरेर हेरेपछि आफूले हत्या गरेको उनले स्वीकार गरेका छन् ।
हजुरआमालाई बोका काटेझैँ काटेर हातमा टाउको लिएर भाग्दै गरेका उनलाई स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएका थिए । अनलाइन दैनिकबाट साभार

No comments:
Write comments