top_rightads

Tuesday, December 9, 2014

विह्वल हुँदै गंगामाया भन्छिन् : मलाई टुँडिखेलमा लगेर फाँसी देउ..

 

बा (श्रीमान्) लाई सरकारले मार्यो । छोरा अपराधीले मार्यो । अब मलाई किन बाँच्न लगाउँछौं ? मलाई पनि मारिदेओ भन्छु, डाक्टरसँग तर उनीहरु बाँच्नुपर्छ भन्दै उपचार गर्छन् । यसरी जिउँदो लास भएर दिनदिनै पीडामा जिउनुभन्दा टुँडिखेलमा लगेर फाँसी दिए मेरो पीडा कम हुने थियो । केही गर्दा पनि मन बुझाउन सक्दिनँ ।



यो अस्पताल भित्र मैले बन्दी जीवन बिताइरहेको छु । कसैलाई भेट्न पनि दिँदैनन् । मेरो भान्जा, बहिनीको छोरो र भाइ भेट्न आएका थिए रे  । उनीहरुले समेत भेट्न नपाई फर्किएछन् । ठूलो छोरा कहाँ छ पत्तो छैन ।

छोरीकी साथी एउटी नानी थिइन् । ती नानी बेलाबेला आइरहन्थिन् । मेरो कपाल कोरिदिने, तेल लगाइदिने, लुगा कपडा फेराइदिने गर्थिन् ? उनलाई पनि भेट्न आउन दिएको छैन । बा बितेपछि केही दिन मानव अधिकारकर्मी र सरकारका मान्छटेहरु आएर जोर जबर्जस्ती अनशन तोडाए । त्यसपछि भेट्न आउने मान्छे पनि कम भए, आजको कान्तिपुर दैनिकमा खबर छ ।

No comments:
Write comments