top_rightads

Thursday, December 4, 2014

कोठामा पलङ राख्दा अत्यन्तै ध्यान दिनोस् : नत्र वास्तु बिग्रन्छ

 

घरमा पलङ केवल सुत्ने बस्तुकोरुपमा बुझ्न नहुने बास्त्रु शास्त्रीहरु बताउँछन् । पलङले सकारात्मक र नकारात्मक उर्जा पैदा गर्ने भएका कारण यसलाई राख्दा देखि अन्य प्रयोगमा पनि ख्याल गर्नु पर्ने iघरकोगलत दिशामा पलङ राखेमा मान्छेलाई निद्रा नलाग्ने देखि तनाव हुने सम्मका समस्या हुने समेत बास्तु शास्त्रमा उल्लेख छ । यसरी गलत दिशामा राखिएको पलङमा सुत्दा दाम्पत्य जीवनमा समेत नकारात्मक असर पर्ने बताइन्छ ।

पलङको आसपास यी चिज नराख्नुस्




मानिसहरु सुत्ने पलङ नजिकै टिभी, फ्रिज, कम्प्यूटर आदि इलेक्ट्रानिक सामान राख्छन् । जुन घातक मानिन्छ । यस्ता समाग्रीले नकारात्मक उर्जा उत्पादन गर्ने भएका कारण सुत्ने पलङको नजिक राख्नु हुँदैन । त्यस्तै गरी सुत्ने कोठामा पानीका तस्विर पनि नभएको राम्रो मानिन्छ ।


कहाँ राख्ने पलङ




कोठामा ढोकाको नजिक पलङ राख्नु हुँदैन । ढोकाको नजिक पलङ राख्दा यसबाट बास्तु दोष उत्पन्न हुने समस्या हुन्छ । यस्तो पलङमा सुत्दा निद्रा नलाग्ने र मानसिक तनावको समेत समस्या हुन सक्छ ।


पलङको अगाडी पर्ने गरी ऐना नराख्नुस्

सुत्ने पलङको अगाडी पर्ने गरी ऐना राख्नु बास्तुको दृष्टीले राम्रो मानिँदैन । ऐनाले पलङको प्रतिविम्ब दिनु झनै नराम्रो मानिन्छ । यसले परिवारमा अशान्ति हुने बास्तुविदको भनाइ छ ।

पलङको उचाइ




पलङ अति होंचो वा अति अग्लो हुनु बास्तुको दृष्टीले राम्रो मानिँदैन । पलङको तलपट्टी उर्जा जम्मा हुने र उक्त उर्जा शरीरमा फैलिने भएका कारण पलङको उचाइमा ध्यान दिनु पर्छ । पलङको तल सामान राख्नु खराव मानिन्छ ।


शिरानी भित्तो पट्टी हुनु राम्रो



सुत्ने ओच्छ्यानमा शिरानी भित्ता पट्टी हुनु राम्रो मानिन्छ । यसले सुत्ने मानिसलाई सकारात्मक उर्जा प्रदान गर्छ । शिरान भएको साइडमा झ्याल भएमा त्यसबाट सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा जम्मा हुने मानिन्छ ।
 एजेन्सी


No comments:
Write comments