काठमाडौ–अविवाहित एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महिला स्वकीय सचिव सुशन कर्मचार्यबिचको सम्बन्ध यतिबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा निकै चर्चामा छ ।
लामो समयदेखि नारायणकाजीको सचिवालय समाल्दै आएकी ललितपुर निवास कर्मचार्यले प्रचण्डसँग गुनासो गरेपछि यो सम्बन्धले चर्चा पाएको हो । माओवादी कार्यकर्ताले कर्मचार्यसँग नारायणकाजीको अनैतिक सम्बन्ध रहेको चर्चा गर्न थालेपछि स्वकीय सचिव सुशन लाजिमपाट पुगेकी थिइन । लाजिम्पाटमा उनले आफ्नो भुमिका नारायणकाजीसँग सहयोगिको मात्र भएको बताएपछि चर्चा चुलिएको हो ।
माओवादी उपाध्यक्ष नारायणकाजी अविवाहित हुन् । ललितपुर निवासी सुशन विवाहित हुन् । तर उनीहरुको क्रियाकलाप अनैतिक सम्वन्धसम्मको भएको टिप्पनी माओवादी कार्यकर्ताले बिगत केही बर्षदेखि गर्दै आएका छन् । माओवादी कार्यकर्ताले अनैतिक सम्बन्ध भएको चर्चा गर्न थालेपछि श्रीमानलाई लिएर उनी प्रचण्ड निवास लाजिमपाट पुगेकी थिइन ।
उनले आफ् कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यकी भतिजी भएका कारण नारायणकाजीको सचिवालय समालेको जानकारी समेत अध्यक्ष दाहाललाई दिएकी थिइन । ‘अध्यक्ष कमरेड पार्टीका साथीहरुले अनैतिक सम्बन्धको चर्चा गर्न थालेका छन् यो रोक्नु परयो ।’
नारायणकाजी र स्वकीय सचिव सुशन कर्मचार्यबिच अनैतिक सम्बन्ध रहदै आएको चर्चा अध्यक्ष प्रचण्ड निकट कार्यकर्ताले लगाउँदै आएका छन् । प्रचण्ड निकटका नेता कार्यकर्ताले यस्तो चर्चा गर्न थालेपछि सुशन लाजिम्पाट पुगेकी थिइन । एजेन्सी
No comments:
Write comments