top_rightads

Monday, December 8, 2014

ट्याक्सीभित्रै चालकले गरे युवतीको बलात्कार

 




महिलाका लागि असुरक्षित ठहरिँदै आएको भारतको राजधानी नयाँ दिल्लीमा ड्राइभरले ट्याक्सीभित्रै ग्राहक युवतीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

शुक्रबार रति दिल्लीको बसन्त बिहारबाट भाडाको ट्याक्सी चढेकी २७ वर्षे युवती बाटोमै बलात्कारको शिकार भएकी हुन्।पीडित युवतीले ट्याक्सी ड्राइभरविरुद्ध प्रहरीमा बलात्कारको उजुरी दर्ता गरेपछि घटना सार्वजनिक भएको हो। समाचार एजेन्सी पीटीआइकाअनुसार १० बजे राति ती युवतीले बहुराष्ट्रिय क्याब कम्पनी उबेरको कार मगाएकी थिइन्।




ड्राइभरले कारभित्रै बलात्कार प्रयास गरेपछि उनले प्रतिवाद गरेकी थिइन्। तर उनले आफूलाई जोगाउन सकिनन्।



प्रहरीका अनुसार संयमित युवतीले घटनापछि ड्राइभरलाई घरसम्म पुर्‍याइदिन अनुरोध गरिन्। जब ड्राइभरले उनलाई घरमा छोडिदिए त्यही मौकामा मोबाइलबाट कारको फोटो खिच्न भ्याइन्। सोही प्रमाणको आधारमा दिल्ली पुलिसले बलात्कार आरोपी कारका चालकलाई पक्राउ गरेको दाबी गरेको छ।



युवती बलात्कारको घटनाको विरोधमा आम आदमी पार्टीका कार्यकर्ताले सोमबार बिहानैदेखि गृहमन्त्री राजनाथ सिंहको घर बाहिरपट्टि प्रदर्शन गरिरहेका छन्। आम आदमी पार्टीका नेता योगेन्द्र यादवले दिल्लमा महिला सुरक्षा बल स्थापना गर्न माग गरेका छन्।



साथै दिल्लीको सार्वजनिक यातायातमा सिसिटिभी जडान गर्न उनले माग गरेका छन्। ‘महिला सुरक्षा केन्द्रित निर्भय कोषमा १,००० करोड रुपैयाँ जारी भए पनि त्यो कहाँ खर्च गरियो ?, उनले प्रश्न उठाएका छन्।
पक्राउ परेका उबेरका ट्याक्सी ड्राइभरलाई आजै अदालत पेश गरिने जनाइएको छ ।
एजेन्सी

No comments:
Write comments