top_rightads

Monday, December 8, 2014

मोटो ज्यान भएकाहरुको ८ वर्ष पहिल्यै नै मृत्यु हुने खतरा.........

 

अत्याधिक ओजन अर्थात मोटोपनले ग्रसित हुँदा तपाईको उमेर ८ बर्षले घट्ने एक ताजा अध्यानले देखाएको छ । उक्त अध्यानका अनुसार मोटोपन धुम्रपान भन्दा पनि हानिकारक हुनसक्छ।


क्यानडाको मेकगिल युनिभर्सिटी र रिसर्च इन्स्टिट्युट अफ द म्याकगिल युनिभर्सिटी हेल्थ सेन्टरका सोधकर्ताहरुले शरिरको मोटोपन र आयुको सम्वन्धको बारेमा अध्ययन गरेका थिए। जसका अनुसार मोटोपन त्यतिनै हानिकारक हुन्छ जति,धुम्रपान गर्दा हुन्छ । सोधका अनुसार मोटोपनले गर्दा समय भन्दा पहिल्यै मधुमेह,र मुटु सम्बन्धि रोगले ग्रसित बनाउँदछ ।

सोधकार्ताले यस अध्यानको लागि अमेरिकका राष्ट्रिय स्वास्थ्य अनि पोषण परीक्षा सर्वेक्षण( २००३ देखि २०१० सम्म) को तथ्याङक प्रयोग गरेका थिए। परिक्षणमा ४००० जना मानिसमहरुका बारेमा अध्ययन गरिएको थियो।



अध्ययनमा २० देखि ३९ वर्षका स्वस्थ्य मानिसको तुलनमा बेस्सरी ज्यान मोटो भएका पुरुषको ८.४ वर्ष आयु घट्दछ भने बेस्सरी मोटा महिलाको ६.१ वर्ष आयु घट्दछ। यसै गरि बेस्सरी मोटाएका पुरुषले १८.८ थप बर्ष अस्वस्थ भएर गुजार्नु पछ भने यही महिलाहरुले १९.१ थप वर्ष अस्वस्थ भएर बिताउनु पर्छ।

चालिस देखी पचास दशकको उमेरमा रहेका मोटा पुरुषको ३.४ वर्षले आयु घट्द भने यही उमेर समुहका महिलाको आयु ५.३ वर्षले घट्दछ।

यसैगरि ६० र ७० को दशकका उमेर समुहका मोटा पुरुष तथा महिलाको आयु भने १ वर्षले घट्दछ भने ७ वर्ष थप अस्वस्थ जीवन बिताउनु पर्दछ।
अध्ययनले कम उमेर मोटोपनलाई ज्याद घातक देखाएको छ।

No comments:
Write comments