खोटाङ : एक युवतीलाई बलात्कार गर्न खोजेको अभियोगमा खोटाङमा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । मानसिक सन्तुलन गुमाएकी १८ वर्षीया युवतीलाई बलात्कार गर्न खोजेको अभियोगमा प्रहरी चौकी बराहापोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्रप्रसाद यादव पक्राउ परेका
हुन् ।
राती घरैमा सुतीरहेकी युवतीलाई उनको कोठैमा गएर यादवविरुद्ध आफन्तले दिएको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक सुनिल दाहालले जानकारी दिए ।
उजुरीपछि सोमबार पक्राउ परेका उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको दाहालको भनाइ छ । आफन्तका अनुसार उनले गत आइतबार राती युवतीमाथि बलात्कार गर्न खोजेका थिए ।
मानसिक सन्तुलन गुमाएकी युवतीमाथि उनले मिलको फित्ताले बेरेर बलात्कार गर्न खोजेपछि पीडितले चिच्याएपछि थाहा भएको आफन्तले दिएको उजुरीमा उल्लेख छ । उनीविरुद्ध जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताएका छन् ।
annapurnapost.com
No comments:
Write comments