कुबेतमा जारी एसिसी यु-१९ क्रिकेटमा नेपालले साउदी अरेबिया विरुद्ध ३२२ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै ३२१ रन बनाएको हो। नेपालका लागि शंकर रानाले सर्वाधिक ८९ रन बनाएर आउट भए। उनले ८२ बलमा ११ चौका र दुई छक्का प्रहार गरेका थिए।
यस्तै कप्तान राजु रिजालले ४९ रनको योगदान दिए। ५३ बल खेलेका कार्कीले २ चौका प्रहार गरेका थिए। यस्तै सिनीयर टोलीबाट पनि खेलिसकेका आसिफ शेखले ३३ रनको योगदान दिए। यस्तै शौरभ खनालले १५ बल खेल्दै २ छक्कासहित २३ रन बनाए। १० बल खेलेका योगेन्द्र सिंह कार्कीले १० रन बनाए। ओपनर प्रेम तामाङले ११ रन बनाउँदा अर्का ओपनर सुनिल धमलाले २६ रन बनाएका थिए।
http://setopati.com/khel/19767/
No comments:
Write comments