top_rightads

Sunday, November 9, 2014

सलमान खानकी बहिनी अर्पिताको यस्तो छ विवाह कार्ड

 

सलमान खानकी निकै प्यारी बहिनी अर्पिताको विवाहले मिडियाले राम्रै स्थान ओगट्न सफल भएको छ । आउँदो नोभेम्बर १८ तारिखका दिन हुन लागेको बहिनीको विवाहमा सलमान निकै मेहनतका साथ लागिपरेका छन् । विवाहमा केहि पनि कमी नचाहेका सलमानले विवाहको कार्ड पनि निकै विशेष बनाएका छन् ।
Arpita wedding card

उक्त कार्डको सबै स्थानमा गुलाबको फूल छापिएको छ । जुन बक्समा विवाहको कार्ड राखिएको छ त्यसमा विवाहभन्दा अगाडिको सबै कार्यक्रमको कार्ड पनि राखिएको छ । यसका साथसाथै बक्सभित्र पाहुनाहरुका लागि मिठाईमा कप केक पनि राखिएको छ ।


सलमानले आफ्नी बहिनीको विवाहका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष आमन्त्रित गरेका छन् । अर्पिताको विवाहको रिसेप्सनमा बलिउडका सबै हस्तीहरु उपस्थित हुने बताइएको छ । विवाहमा सलमानले शाहरुखलाई पनि निमन्त्रणा दिएको बुझिएको छ । (एजेन्सी)


No comments:
Write comments