top_rightads

Wednesday, October 29, 2014

म्याराडोनाले हाने प्रेमिकालाई दुई झापड (भिडियोसहित)

 

फुटबलको क्षेत्रमा निकै चर्चित डियगो म्यारोडोना फेरि अर्को विवादमा तानिएका छन् । आफ्नी पूर्व प्रेमिकालाई हातपात गरेको उनको विवादास्पद भिडियो केहि दिन अगाडि मात्र सार्वजनिक भएको छ ।

३० सेकेन्डको उक्त भिडियो गत सोमबार अर्जेन्टिनाको एक स्थानीय टेलिभिजन कार्यक्रममा सार्वजनिक गरिएको थियो जसलाई म्याराडोनाकी पूर्व प्रेमिका रोसियो ओलिभियाले आफूमाथि हातपात भएको मोबाइलमार्फत गोप्य रुपमा कैद गरेकी थिइन् ।

स्पष्ट रुपमा मातेको देखिएका म्याराडोनाले केहि नबुझ्ने शब्दहरुको उच्चारण गर्दै ओलिभियालाई आफ्नो फोन प्रयोग गरेको निहुँमा गाली गर्दै उनीमाथि हातपात गरेको बुझिएको छ ।     उक्त भिडियो अनुसार ५३ वर्षीय म्याराडोना ‘अझै मेरो मोबाइल हेरिरहेको छौ ?’ भन्दै ओलिभिया नजिकै जान्छन् । उनको प्रतिकार गर्दै ओलिभियाले भन्छिन्, ‘के मैले हेर्न हुँदैन त ?’ म्याराडोनाको उग्र रुप देखेर उनले तत्कालै भनिन्, ‘रिसाउन बन्द गर’ यति भन्दा भन्दै

म्याराडोनाले आफ्नो दाहिने हातले ओलिभियामाथि दुई झापड हाने । तत्पश्चात आफूलाई कुट्न बन्द गर भन्दै ओलिभियाले गरेको याचना स्पष्ट रुपमा सुनिन्छ ।   म्याराडोनाको यस्तो व्यवहार यो पहिलो पटक भने होइन । केहि महिना पहिले मात्र उनले एक पत्रकारलाई भेरोनिका ओजेडामाथि आँखा झिम्काएको भन्दै थप्पड हानेका थिए । (एजेन्सी)

www.ratopati.com

No comments:
Write comments