Sunday, October 26, 2014
नेपालद्वारा सिंगापुर १९० रनको फराकिलो अन्तरले पराजित
काठमाडौं: मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन 'थ्री' प्रतियोगिताको तेस्रो खेलमा नेपालले सिंगापुरलाई १९० रनको फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार बिहान मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले दिएको २६४ रनको लक्ष्य पच्छ्याएको सिंगापुर २१.४ ओभरमा अलआउट हुँदा ७३ रनमा सीमित हुन पुग्यो ।
सिंगापुरलार्इ फराकिलो हार चखाउन नेपालका लागि किशोर खेलाडी सोमपाल कामी एक्लैले ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ४१ रन खर्चेर ४ विकेट लिएन सफल भए । नेपालका लागि बसन्त रेग्मीले पनि ४ विकेट लिए।रेग्मीले ५.२ ओभर बलिङ गर्दै मात्र ६ रन खर्चेर ४ विकेट लिएका हुन् ।त्यसैगरी अमृत भट्टरार्इले ५ ओभर बलिङ गर्दै १९ रन खर्चेर २ विकेट लिए ।
सिंगापुरविरुद्द टस हारेर ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ६३ रन बनाउन सफल भएको थियो ।
ज्ञानेन्द्रको सतक
बलिङमा किशोर खेलाडी सोमपाल कामी चम्किँदा ब्याटिङमा उपकप्तान ज्ञानेन्द्र मल्लले जादु देखाए । नेपालको शानदार जितको आधार उनैको सतकले तयार पारेको थियो । उत्कृष्ट पारी खेलेका उनले १२५ बलको सामना गर्दै ११४ रनको सानदार स्कोर बनाए ।
नेपालका लागि शरद भेष्वाकरले २५ रन बनाएर नेपालको स्कोर बढाउन मद्दत गरे । बसन्त रेग्मी र सागर पुनले समान २१ रन बनाए । त्यसैगरी कप्तान पारस खड्काले १४ रन बनाए। विनोद भण्डारीले ८, सोमपाल कामीले ६, शक्ति गौचनले ५ रन र अमृत भट्टराईले ६ रन बनाउन बनाए।
सिंगापुरका लागि अजमज महबुबुले ९ ओभर बलिङ गर्दै ४७ रन खर्चेर ४ विकेट लिए। यस्तै मुलेवा धर्मिचन्दले १० ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिए। त्यसैगरी अनिश पारमले १० ओभर बलिङ गर्दै ६६ रन खर्चिदै २ विकेट लिए।
पहिलो खेलमा युगान्डासँग २० रनले हारेको नेपालले दोस्रो खेलमा बर्मुडालाई ८ विकेटले पराजित गरेको थियो। सिंगापुरबिरुद्द जित निकालेपछि नेपाललार्इ अघि बढ्न सहज भएको छ । ६ देश सहभागी डिभिजन ‘थ्री'बाट शीर्ष दुई टोली डिभिजन 'टु'मा पुग्दा पुछारका दुई टिम डिभिजन 'फोर'मा झर्ने छन्। अब नेपालले सोमबार अमेरिकासँग र बुधबार मलेसियासँग खेल्नेछ।
annapurnapost.com
Similar Posts
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments