महिला क्रिकेटरहरुले अधिकारीहरुमाथि लाजलाग्दो आरोप लगाएका छन् । खेलाडी चयन कर्ताहरुले आफूहरुलाई सेक्स गरेमा मात्र टिममा पार्ने भन्दै बार्गेनिङ गरेको आरो उनीहरुले लगाए । श्रीलंका क्रिकेट कार्यकारी समितिले शुक्रबार आपतकालीन बैठक बोलाएको छ । त्यसैगरी महिला क्रिकेटर छनौटका विषयमा छानविनको आदेश समेत दिएको छ । एक स्थानीय सञ्चार माध्यमका अनुसार महिला क्रिकेटरले यस्तो आरोप लगाएपछि क्रिकेटर छनौट समितिका उपाध्यक्ष मोहन डी सिल्वा, सचिव निशान्ता रणतुंगा, सहायक सचिव हेरान्ता परेरा र मुख्य पुरुष राष्ट्रीय चयनकर्ता सनत जयसूर्यामाथि छानविन भएको छ । यसका लागि एउटा प्यानल नै गठन गरिएको छ । यो प्यानलले आरोप लगाउने महिला क्रिकेटर र छान्ने अधिकारीहरुसँग कुराकानी गर्नेछ । महिला क्रिकेटरले आफूहरुलाई शारीरिक सम्बन्ध राखेमात्र टिममा पारिदिने भन्दै ब्ल्याकमेल गरिएको आरोप लगाएका छन् । यस अघि सन् २०१२ मा पनि श्रीलंक क्रिकेट बोर्डकी एक महिला कर्मचारीले अधिकारीहरुमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । - See more at: http://nepaliheadlines.com/2014-10-30-11-51-57.html#sthash.IzlKFtSC.dpuf
Thursday, October 30, 2014
यौन सम्बन्ध राखे मात्र टिममा पार्ने गरेको आरोप
Similar Posts

About Admin 2
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments