के तपाईंको घाटिमा सधै खराब रहन्छ ? यो मौशम परिवर्तनको असर् हो भनेर वा खान पानमा आएको परिवर्तनको असर् भनेर नबस्नुहोस् । गलाको खराश टन्सिल वा गलाको गम्भिर समस्या पनि हुन सक्छ । कसरी बच्ने यसबाट ? यो पढ्नुहोस् |
मौसमको बदलाव संगै गलामा हल्का खसखस हुनु वा गलमा तिखो घोचाइ महसुश हुनु सामान्य कुरा हो । यो अवस्थामा गलामा खिच खिच हुनु र बोल्नमा समस्या हुनु सामान्य हो । भाईरस वा ब्यक्टेरिय को करणले यो
समस्या देखिन्छ । कहिले कही एलर्जी र धुमपानको करणले पनि घाटीमा खश खश हुन्छ । यस्ता धेरै समस्याहरु आँफै समाधान हुन्छन तर केही यस्ता जिद्दी समस्या हुन्छन जो सजिलै जादैनन । त्यस्ता समस्यालाई राम्रो उपचारको जरुरी हुन्छ । आमरुपमा मानिशहरू घाटीको खश खस लाई त्यती ध्यान दिदैनन र लापरबाही गर्छन् तर यो समस्या त्यती सजिलो छैन र राम्रो उपचार गरिएन भने गम्भिर समस्या निम्त्याउन सक्छ ।
घाटीमा आउने खश खस घाटीको इन्फेक्सन हो । जसमा गलामा कर्कश आवाज आउने, हल्का कासो लाग्ने र हल्का ज्वरो आउने, टाउको दुख्ने, गला दुख्ने जस्ता लक्षण देखिन्छन ।
यस्तो अवस्थामा नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । गलामा आराम मिल्छ ।
अदुवा, इलायची र मरिचको चियाले गलाको खश खसमा धेरै आराम मिल्छ । यसमा जीवाणुरोधक गुण पनि हुन्छ र यो चिया नियमित रुपमा सेवान गर्नाले गलामा आराम मिल्नुको साथै गलाको खश खस हराएर जान्छ ।
धुमपान र ज्यादा मसालेदार खानादेखी टाढै रहनुहोस्
खानामा बिशेष साबधानी आपनाउनुहोस् । फ्रिज को वा अन्य कुनैपनी चिसो चिजको सेवान नगर्नुहोस् । सधैं मनतातो पानी पिउने गर्नुहोस् । त्यसमा अदुवाको धुलो हल्का मिसाउने र ताजा कागतीको रस १,२ थोपा मिलाउनाले अधिक आरमा मिल्छ । सावधानि नै यो समस्याको मुल हल हो ।
सधैं धुलो, धुवा र चिसो बाट बच्नुहोस् , राम्रो मास्कको प्रयोग गर्नुहोस् । समस्या देखिनासाथ तुरन्त चिकित्कसको सल्लाह लिनुहोस् ।
No comments:
Write comments