प्रख्यात खगोलशास्त्री स्टीफन हॉकिंग कृत्रिम बौद्धिकता (Artificial Intelligence) संम्बधित रिसर्चहरु बन्दहोस् भन्ने चाहन्छन ।
व्हीलचेयर बिना हिडडुल गर्न नसक्ने यी विचारकले बीबीसी लाई अप्रत्याशित रुपमा भने, "कृत्रिम बौद्धिकता बिकासले मानव जातिको अन्त्य गर्न सक्छ। "
उनलाई भर्खरै अपडेट गरिएको उनको कम्प्युटर-सहयोगी भाषा प्रणाली (Computer-assisted speech system) जुन इन्टेल र मेसिन- लर्निङ सफ्टोयर कम्पनी स्विफ्टकि ले बनाएका हुन, यसबारेमा आफ्नो बिचार व्यक्तगर्न भनिएको थियो ।
हॉकिंग amyotrophic lateral sclerosis भन्न रोगबाट ग्रसित छन। उनि हिडडुल गर्न र बोल्न सक्दैनन् । दसकौंसम्म उनी व्हीलचेयरमा जिवन बिताइरहेका छन् ।
हॉकिंग इन्टेल कम्पनीसंग मिलेर कम्पुटरको मद्दतले बोल्न सकिने सफ्टोयरमा नयाँ अपडेटको लागि पनि काम गर्दैछन । जसमा उक्त सफ्टोयरले पछि बोलिने शब्द पहिलै पत्ता लगाउँछ । उक्त सफ्टोयरले आफै सिक्न र पुर्बसुचना (learn and predict) दिनसक्छ ।
उनले भने, यो सुरुको अवस्थाको कृत्रिम बौद्धिकता भएतापनि निकै उपयोगी सिद्ध भएको छ ।" तर उनी हामी भन्दा चलाख सफ्टवयरको परिणामको डर मान्दैछन् ।
उनले भने, " यस्तो सफ्टवयरले आफै सुधार हुन सक्ने र आफैलाई नयाँ स्वरूप दिन सक्ने हुन सक्छ ।"
"मानव, जसको जैविक बिकास ढिलो छ, यस्तो बौद्धिकतासँग जित्न सक्दैन र लोप हुने खतरामा पर्न जान्छ ।"
यस्तो बिचार राख्ने उनी मात्र होइनन् । रकेट स्पेस एक्सका प्रमुख एलोन मस्क भन्छन, " आफै सिक्न र बुझ्न सक्ने यस्तो बौद्धिकताले परमाणु बम भन्दा बढी खतरा बोकेको हुन्छ । यो त दानवहरुलाई हामी माझ बोलाउनु सरह हुन्छ ।"
समग्रमा भन्दा, तत्कालै यसले खतरा नल्याउने भएतापनि, यस्को बिकास सगैं मानव समाजलाई डर भने बढ्दै जाने देखिन्छ ।
तत्कालको परिवेशमा, मानव कार्यशक्तिलाई, यस्ता नथाक्ने, सिक्न सक्ने र धेरै पटक एउटै काम गर्दापनि अल्छि नगर्ने मेसिनहरुले विस्थापित गर्दैछन । एजेन्सी
No comments:
Write comments