top_rightads

Saturday, December 6, 2014

गुगलको इन्टरनेट शार्क माछाको कारण बन्द हुन सक्ने

 

महादेशको सञ्जालमा जोडिने समुन्द्रमा विच्छ्याइएको केवलमा शार्कको आक्रमण बढेपछि इन्टरनेट अवरोध हुने खतरा बढेको छ । शार्कले केवलमा थप क्षति पुर्‍याएमा हाम्रो इन्टरनेट सेवा विच्छेद हुन सक्नेछ ।

इन्टरनेट सेवा प्रदायक अन्तर्राष्ट्रिय कम्पनीहरुले अमेरिका र एसिया जोडनका लागि समुन्द्रमा ठूला ठूला २ केवल लगाएका छन् । त्यसैगरी तेश्रो केवलले गुगललाई एसियाभित्र विस्तार गर्छ ।



शार्कको मुखमा प्राकृतिक भोल्टेज सेटिङ हुन्छ र यसले गर्दा म्याग्नेटिक फिल्डको खोजीमा रहन्छ । क्यालिफोर्निया स्टेट युनिभर्सिटी लाङ बिचमा शार्क ल्याब चलाउने प्रध्यापक क्रिश लाभले शार्कले सहजै केवलमा क्षति पुर्याउन सक्ने बताएका छन् ।
नेटवर्क वर्ल्डका अनुसार गुगवले शार्कलाई केवलबाट टाढा राख्नका लागि केवलर प्रेटेक्टिभ लेयर राखेको छ तर अझै पनि यो लेयर सुरक्षित छैन ।
सन् १९८० को दशकमा समुन्द्रमा घडियाल शार्कले केवल काट्दा सञ्जाल नै प्रभावित हुन पुगेको थियो ।

एजेन्सी ।

No comments:
Write comments