दुलहा–दुलहीको कुराकानी सामाजिक संजाल साइटबाट सुरु भएको थियो। कुरा अघि बढ्दै जाँदा उनीहरु एकअर्कालाई मन पराउन थाले, दुवैले विवाहको कुरा घरपरिवारमा पनि चलाए । परिवार राजी भयो, विवाहको दिन पनि तय भयो, तर, बेहुलाकी उत्साही भाउजुको एक किसले दुवैको विवाह नै टुट्यो।
बरमालाको विधि पूरा गर्ने क्रममा जसै बेहुलीले बहुलालाई माला लगाइन् भाउजुले मण्डपमै पुगेर देवरलाई चुमिन । कुरा यतिमै मात्र पनि सीमित रहेन । चुम्बनलगत्तै भाउजुले आफ्नो देवरलाई तानेर डान्स गर्नका लागि लगिन्। डान्स सुरुभयो । बेहुलाले पनि भाउजुका साथ फ्लोरमा जमेर डान्स गरे। यो देखेर बेहुलीका परिवारजन भड्किए । उनीहरु गुनासो गर्न लागे।
त्यसपछि दुवै परिवारबीच बहस सुरु भयो। बहस यति बढ्यो कि विवाहमा आएका पहुनाहरु सबै घर फर्किए ।तर, बेहुलीका परिवारजनले बेहुलालाई बन्धक बनाए । धन्न दोस्रो दिन उनका परिवारजनले बेहुलाको सकुशल उद्धार गरेर घर लगे । तर, सामाजिक संजालबाट सुरु भएको प्रेम भने विवाह मण्डपमा पुगेर तोडियो।एजेन्सी
No comments:
Write comments