तपाईले जम्ल्याहा बच्चाको त देख्नु भएकै होला जसले शरीर केही भाग मात्र शेयर गरेको हुन्छ अर्थात कसैको अनुहार मिल्छ कसैको हात खुट्टा, बानी व्यहोरा । तर यहाँ भने कुरा अर्कै छ ।
मेडिकलको इतिहासमा यस्तो घटना भने दुर्लभ नै मानिन्छ जहाँ यस्तो जुम्ल्याहा बच्चा जन्मिएको छ , उसको पूरा शरीर नै एकअर्कामा जोडिएको छ ।
अमेरिकाको एटलाण्टाको नर्थसाइड अस्पतालमा यस्तो जुम्ल्याहा बच्चा जन्मिएको छ जसलाई देखेर डाक्टर नै हैरान भएका छन । यस्तो बच्चा एक मिलियनमा एउटा मात्र हुने डाक्टर बताउछन ।
डेली मेलका अनुसार यी जुम्ल्याहा बच्चाको नाम एसा र अली हैबाय राखिएको छ । यी दुईलाई कहिले पनि अलग गर्न सकिदैन । यी दुई बच्ची यस्तै जन्मिदैछन भन्ने कुरा यिनका बाबुआमालाई पहिला नै थाहा भएको बताइएको छ ।
यी दुई बच्चीको शरीरका सबै भाग एउटै छ र घाँटी देखि माथिको भाग मात्र दुईवटा छ । एजेन्सी
No comments:
Write comments