top_rightads

Tuesday, December 9, 2014

दुबइमा हेर्नै पर्ने ७ बिल्डिङ यस्तो ( तस्विर सहित )

 

आजकल नेपालबाट पनि दुबइ, सिंगापुर, थाइल्याण्ड तिर घुम्म जाने चलन बढ्दै गएको छ। नेपालीको रोजाईमा पर्ने एउटा शहर युएईको चर्चित शहर दुबइ पनि हो। 
यसका अलावमा थुप्रै नेपालि पनि दुबइमा काम गर्दछन्। त्यसैले नेपालीको लागि दुबई नौलौ भने होइन्।
यदी तपाई दुबइमा हुन हुन्छ वा जाँदै हुनु हुन्छ भने दुबइको विशेषताबाट वञ्चित नहुनुस। दुबइको एउटा विशेषता आकाशै छुने गगनचुम्बी बिल्डिङहरु हुन्।
तिब्र गतिमा निर्माण भइरहेको दुबईमा अहिले ठुला ठुला बिल्डिङ बन्ने क्रम जारी छ। खाडीको बीचमा बसेको यो सुन्दर शहरमा रहेका १० बिल्डिङहरु यसप्रकार छन्।
बुर्ज खालिफा
Burj Khalifa buildingयो संसारकै अग्लो बिल्डिङ हो। सन २०१० निर्माण पुरा भएको यो बिल्डिङमा उचाई ८२३ मिटर छ। यो बिल्डिङमा १६३ तला छन्।

प्रिन्सेस टावर
princes tower१०१ तले यो बिल्डिङ मानिस बसोबास गर्ने संसारकै अग्लो बिल्डिङ हो। ४१४ मिटर अग्लो यो बिल्डिङ दुबइको मारिनामा पर्दछ। सन २०१२ मा निर्माण पुरा भएको यो बिल्डिङमा ७६३ वटा मानिस बस्ने युनिट छन्।

२३ मारिना
marinaअर्को मानिस बस्ने गरि बनाइएको यो बिल्डिङमा ९० तला छ। ३९२.८ मिटर अग्लो २३ मारिना बिल्डिङमा ५३ वटा स्विमिङ पुल छन्। यो बिल्डिङ सन २००७ मा निर्माण भएको थियो।

ईलाइट रेसिडेन्स
 Elite Residence Day view३८०.५ मिटर अग्लो यो बिल्डिङमा ८७ तला छन्। सन २०१२ मा निर्माण पुरा भएको यो बिल्डिङमा ६९५ वटा अपार्टमेन्ट छन्। १२ वटा विदुतिय भर्याङ सहित स्विमिङ पुल, हेल्थ क्लव, बिजनेट सेन्टरहरु यो बिल्डिङमा अटाएका छन्।

अल्मास टावर
al mas tower a191108 1अल्मास कार्यलय भएको संसारकै अग्लो बिल्डिङ हो। ३६० मिटर अग्लो यो बिल्डिङमा ६८ तला छन्। सन २००९ मा निर्माण पुरा भएको यो बिल्डिङमा बहुमुल्य धातहरु सम्वन्धी व्यापार गर्ने कम्पनीका कार्यलयहरु छन्।

जेडब्लु म्यारिओट मार्किस
JW-Marriott-Marquis-Hotel-Dubaiयो संसारकै सबै भन्दा अग्लो होटल हो। ३५५ मिटर अग्लो यो बिल्डिङमा ७२ तला छन्। यस होटेलमा १६०८ वटा कोठा छन्।

ईमिरेट्स अफिस टावर
78382050ईमिरेट्स टावर वन पनि भनेर चिनिने यो अफिस कम्पेल्कस ५४ तलाको छ। ३५५ मिटर अग्लो यो बिल्डिङ विश्वको २३ औं अग्लो बिल्डिङ हो।
एजेन्सी 

No comments:
Write comments