एजेन्सी लाहोर, पाकिस्तान मंसिर २०
पाकिस्तानका धार्मिक नेता हाफिज सईदले भारतलाई ठाडो चुनौती दिएका छन्।
पाकिस्तानको लाहोरमा एउटा भव्य र्यालीलाई सम्बोधन गर्दै उनले भारतीय प्रधानमन्त्रीको नाम लिंदै भने ‘नरेन्द्र मोदीलाई स्पष्ट हुन जरुरी छ कि काश्मीरको मुद्दा चाँडै सुल्झियोस्, यदि तिमी त्यो सुल्झाउनका लागि तयार छैनौ भने हामी नै कश्मीरका लागि भारतका विरुद्ध लड्न तयार छौँ।’ शुक्रवार त्यहाँ आयोजित एउटा भव्य सभालाई उनले सम्बोधन गरेका थिए।
त्यसक्रममा उनले पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफलाई पनि चेतावनी दिएका थिए। सम्बोधनका क्रममा नवाजलाई उनले भने ‘नवाफ म तिमीलाई अल्लाह(ईश्वर)को फैसला सुनाउछु, यदि मोदी कश्मीरको मुद्दामा वार्ताका लागि तयार छैनन्, अनि संयुक्त राष्ट्र संघको प्रस्ताव मान्न तयार छैनन् भने तिमी स्वतन्त्रताका लागि लड्नेहरूलाई साथ देऊ, कश्मीर मुद्दा सुल्झाउने यो एकदमै सरल बाटो हो।’
हाफिज पाकिस्तानी संगठन जमात–उद–दावका प्रमुख हुन्। लाहोरमा उनको सम्बोधनलाई लिएर भारतले भने उक्त अभिव्यक्तिलाई ‘चरमपन्थको सार्वजनिक स्वीकारोक्ति’ भनेको छ।
यो संगठनलाई हालैमात्र अमेरिकाले प्रतिवन्धित संगठनको सूचीमा राखेको छ। हाफिजलाई भारतले पनि मोष्ट वान्डेटको सूचीमा राखेको छ।
२६÷११को मुम्बई हमलामा भारतलाई उनलाई पनि आरोपीको सूचीमा राखेको छ।
No comments:
Write comments