top_rightads

Friday, December 5, 2014

आखिर के पढ्दै छन् ओबामा ?

 

ओबामाले शनिबारयता मात्र १८ पुस्तक किनेका छन्, तीमध्ये अधिकांश फिक्सन छन् ।


अमेरिकी राष्ट्रपति बाराक ओबामा पछिल्लो समय राजनीतिक मुद्दाका कारण चर्चामा छन् । अमेरिकी संसद्मा रिपब्लिकनको जित, बढ्दो युक्रेन संकट र त्यसकारण बढेको अमेरिकी रुस चिसोपना, सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) विरुद्ध भएको अमेरिकी कारबाही र रणनीतिलाई लिएर ओबामाअका अधिव्यक्ति तथा योजनालाई विश्वका सञ्चारमाध्यमले प्राथमिकता दिइरहेका छन् ।



तर, ओबामाले पछिल्ला वर्षमा राजनीतिक क्रियाकलाप मात्र बढाएका छैनन्, अधययनमा पनि धेरै चासो दिएका छन् । तर यो विषयमा भने त्यति धेरै चर्चा गरेको पाइदैन ।

ओबामाले पछिल्ला वर्षमा जुन पुस्तक पढिरहेका छन्, त्यसले उनले बनाइरहेको सोच र रणनीतिलाई पनि परिवर्तन गरिदिन सक्छ ।

नेपालमा प्रधानमन्त्रीले के पढिरहेका छन् भन्ने खासै थाहा हुँदैन । मन्त्रीहरुले पनि कुन पुस्तक पढ्दै छन् भन्ने थाहा हुँदैन । अधिकांश अन्य नेताका तस्बिर पनि सरकारी कागजात तथा नीति पढिरहेको मात्र देखिन्छ, पुस्तक पढिरहेका तस्विर खासै बाहिर आउँदैनन् । तर, अमेरिकी राष्ट्रपतिको हकमा यस्तो हुँदैन ।

ओबामा के पढिरहेका छन्, त्यसअनुसार उनको सोचमा परिवर्तन हुने अनुमान गरिन्छ । अमे.रिसकामा आबोमाको पाठ्यसामाग्री विशेष रुपमा समयअनुसार दर्ज पनि गरिन्छ ।   एजेन्सी ।

No comments:
Write comments