यी नौँ वर्षीया बालिका संसारको सबैभन्दा राम्री बालिकाको रुपमा संसारसामू परिचित भइसकेकी छिन् । रसियामा जन्मेकी र मस्कोमा बस्ने क्रिष्टिना पिमेनोभालाई संसारको सबैभन्दा राम्री बालिकाको रुपमा लिइन्छ त्यसकारण यो उमेरमा पनि उनी वोग, अरमानी र बेनेटनजस्ता चर्चित ब्रान्ड उनका ग्राहक हुन् । एक अंग्रेजी वेभसाइटका अनुसार क्रिष्टिन तीन वर्षको उमेरदेखि नै फोटोसुट गराइरहेकी छिन् । उनले त्यतिबेलादेखि नै चर्चित ब्रान्डका कपडा लगाएर र्याम्पमा हिँड्न सुरु गरेकी थिइन् । यी बालिकाले आफ्नो एक दशक पनि देखेकी छैनन् तर पनि उनी आफ्नो सुन्दर अनुहारका कारण चर्चित सुपरमोडलमा आफ्नो नाम समावेश गर्न सफल भएकी छिन् । उनी एक ‘चाइल्ड सुपरमोडल’ हुन् । मोडलिङमा संलग्न गिल्केरिया पिमेनोभा, क्रिष्टिनाकी आमा, ले ती नौँ वर्षीया बालिकाको फेसबुक चलाउने गर्दछिन् जहाँ उनको २३ लाखभन्दा बढि फलोअर रहेका छन् । इन्स्टाग्राममा पनि निकै चर्चित भइसकेकी उनको लामो कपाल, सुन्दर अनुहार र लोभलाग्दो आँखाले सबैको ध्यान आकर्षीत गर्न सफल भएको छ । क्रिष्टिन आफ्ना फ्यानसमक्ष आफ्नो लामो खुट्टाका कारण पनि चर्चित छिन् । नौँ वर्षको उमेरमा नै क्रिष्टिनलाई उनको खुट्टाका कारण सेक्सी भनिन्छ । उनका पिता रुसलान पिमेनोव रुसी फुटबल टिमका फुटबल खेलाडी थिए । गिल्केरियाका अनुसार उनकी छोरीको तस्बिरमा केहि अभद्र टिप्पणीहरु पनि आउने गर्दछ । यस्ता कमेन्टलाई उनी डिलिट गर्दै बालिकालाई बालिकाको जस्तै व्यवहार गर्न आग्रह गर्छिन् ।
(एजेन्सी)
www.ratopati.com
No comments:
Write comments