top_rightads

Sunday, December 7, 2014

ग्राहकहरुले यौनक्रिडा गर्न थाले पछि निर्वस्त्र सुरक्षा गार्ड

 

मंसिर २१,
फिटनेस सेन्टरको बाफ गृहमा ग्राहकहरुले यौनक्रिडा गर्न थालेपछि निर्वस्त्र सुरक्षा गार्ड खटाइएको जनाइएको छ ।
घटना अस्ट्रियाको लिन्ज सहरको हो । लिन्जमा अवस्थित पार्कब्याड फिटनेस सेन्टरको बाफलिने कोठामा ग्राहकहरुले बाफ लिनुका अलवा एक अर्कासँग यौनक्रिडा समेत गर्न थालेको अत्यधिक गुनासो आएपछि त्यसलाई नियन्त्रण गर्न निजि सुरक्षा गार्ड खटाउनु परेको जनाइएको छ।

फिटनेस सेन्टरको स्टिम रुममा बाफ लिने क्रममा मानिसहरु पूरै निर्वस्त्र भएर बस्नुपर्ने हुन्छ । बाफको तातोले तातिँदै जाँदा र एकअर्काको पसिनाले भिजेको निर्वस्त्र सरीर देख्दा खप्नै नसक्ने भएपनि बाफ लिइरहेका ग्राहकहरु एक अर्कासँग यौनक्रियामा संलग्न हुन थालेपछि समस्या आएको हो ।

बाफ लिने कोठाभित्र हुनसक्ने यौनजन्य क्रियाकलाप रोक्नका लागि निर्वस्त्र सुरक्षा गार्डहरु ग्राहक झैँ बनेर बाफ लिने कोठामा छिर्छन् । यदि बाफ लिनुको साटो कसैले यौनक्रिडा गर्न थालेको पाइएमा त्यस्ता मानिसलाई निर्वस्त्र ग्राहक बनेर छिरेका ती सुरक्षा गार्डले पक्रिहाल्नेछन् ।

निर्वस्त्र गार्ड खटाएको पहिलो हप्तामै दुइ जोडी ग्राहकहरु बाफ लिने कोठाभित्र यौन क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका थिए । उनीहरुलाई अबदेखि उक्त फिटनेस सेन्टरमा आउन प्रतिबन्ध समेत लगाइएको जनाइएको छ।

No comments:
Write comments