अमेरिकी पपस्टार लेडी गागाले आफ्नो जीवनबारे एक गम्भीर रहस्य खुलाएकी छन् । जुन घटनाबाट पार पाउनका लागि इमोशनल थेरापी लिएकी थिइन् ।
एक अन्र्तवार्ताका क्रममा उनले २८ वर्षीय पप स्टार गागाले आफूमाथि १९ वर्षको उमेरमा यौनहिंशाको सिकार भएकी थिइन् । उनले यो कुरा पहिलो पटक खुलासा गरेकी हुन् ।
उनले भनेकी छन्, ‘उक्त घटनाबाट मैले ठूलो आघात पाएको छु र त्यसबाट पार पाउनका लागि ठूलो मेहनत गर्नुका साथै मानसिक, शारीरिक र इमोशनल थेरापी गर्नुपरेको थियो ।’
गागाले आफ्ना लागि संगीत सानदार भएपनि कुनै समय आफू धेरै कमजोर रहेको खुलाएकी छन् । ‘मेरो संगीत सानदार छ तर एक समय म धेरै कमजोर थिए, म आफै हुँ जस्तो लाग्दैन थियो । इमानदारीताका साथ भनौं कि म १९ वषीकी थिए । एक क्याथोलिक स्कुल जान्थे र यो सबै भयो ।’
उनले आफूले सफल हुनका लागि यो कुरा कहिल्यै नखुलाएको र यस कारणले नै आफू सफल भएको बताएकी छन् ।एजेन्सी ।
No comments:
Write comments