top_rightads

Wednesday, December 3, 2014

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मूलक

 

काठमाडौं, मंसिर १७ – पछिल्लो १२ महिनामा नेपालमा भ्रष्टाचार बढेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको एक प्रतिवेदनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको भ्रष्टाचार अनुमान सूचांक (सीपीआई) मा नेपाल गत वर्षभन्दा १० स्थान तल खस्किएको छ ।
ट्रान्सपरेन्सी नेपालले जारी गरेको प्रेस वक्तव्यका अनुसार नेपाल बंगलादेश र अफगानिस्तानपछि दक्षिण एसियाको सबैभन्दा भ्रष्ट मुलुक बन्न पुगेको छ ।



यस वर्ष सीपीई मा नेपाल १७५ देशहरुमा १२६ औं स्थानमा रहेको छ । नेपालले १०० अंकमा मात्र २९ अंक पाएको छ । यसअघि सन् २०१३ मा नेपाल ३१ अंकका साथ ११६ औं स्थानमा रहेको थियो ।

सीपीईमा १०० अंकमा ० पाउने सबैभन्दा भ्रष्ट र १०० पाउने सबैभन्दा कम भ्रष्टाचार भएको मुलुक मानिन्छ ।
दक्षिण एसियामा भुटानमा सबैभन्दा कम भ्रष्टाचार हुने देखिएको छ । भुटान ६५ अंका साथ ३० औं स्थानमा रहेको छ । भारत र श्रीलंका ३८ अंकका साथ ८५ औं स्थानमा रहेको छ । भारतले यसअघिको स्थितिमा सुधार गरेको हो । उता, चीन भने यसमा खस्किएको छ ।
विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क पहिलो र न्युजिल्याण्ड दोस्रो रहेको छ भने सबैभन्दा धेरै भ्रष्टाचार हुनेमा सोमालिया र उत्तर कोरिया रहेका छन् । एजेन्सी

No comments:
Write comments