top_rightads

Wednesday, December 3, 2014

प्रचण्ड हराउने सभासदले पत्ता लगाए चमेलियाको ५४ करोड भ्रष्टाचार

 

 काठमाण्डु, १७ मंसिर– व्यवस्थापिका– संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत आयोजनामा ५४ करोड भ्रष्टाचार भएको ठहर गरेको छ ।
समितिले भ्रष्टाचारमा संलग्न मन्त्री, सचिवसहित र नेपाल विद्युत प्राधिकरणका उच्च कर्मचारीलाई कारबाही गर्न अख्तियारलाई निर्देशनसमेत दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बुधबार बैठकले दार्चुलामा निर्धाणाधीन ३० मेगावाटको चलेसियाको भेरिएसन नम्बर ३ मा ५४ करोड भ्रष्टाचार ठहर गरेको सभापति जनादर्शन शर्माले बताए ।

                                        rajan_kc

समितिद्वारा गठित काँग्रेस सभासद् राजन केसी संयोजकत्वको उपसमितिले चमेलियामा भएको अनियमितताबारे छानबिन गरी प्रतिवेदन बुझाएको थियो । केसीको समितिेल भेरिएसनका साथै निर्मार्ण सामग्री खरिद, कर्मचारी तलब भत्ता लगायत शीर्षकमा  चरम अनियमितता भएको प्रतिवेदन बुझाएको छ ।
सन् २०११ मा ८ अर्बमा निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजना अझै अधुरो छ । लागत बढेर १५ अर्ब पुगिसकेको छ ।
kathmandutoday.com

No comments:
Write comments