Thursday, November 13, 2014
आर्यनको फरक लुक्स र गेटअप रहेको नाइकेको टाइटल गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं, कात्तिक २७– मंसिर १९ गतेदेखि अल नेपाल रिलिज हुन लागको फिल्म ‘नाईके’ को टाईटल गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा अभिनेता आर्यन सिग्देललाई ‘नाईके’ को रुपमा प्रस्तुत गरिएको छ । साथमा रेम बिक, बोधराज रेग्मी, विजयराज सेन्चुरीसँगै अन्य केहि कलाकारहरु पनि केमियो भुमिकामा देखिएका छन् ।
नेत्र गुरुङले निर्देशन गरेको फिल्म नाईकेको कोरियोग्राफर रोहन नेपाली हुन् । कोरियोग्राफिमा उनको डेब्यू हो । नाईके गीतको भिडियो सार्वजनिक भएसँगै कोरियोग्राफर नेपालीको चर्चा यतिबेला फिल्म उद्योगमा ह्वात्तै बढेको छ । आर्यनको करिअरमै पहिलोपटक फरक लुक्स र गेटअप रहेको यो फिल्ममा उनको भुमिकापनि भिन्न रहेको निर्माणपक्षले जनाएको छ ।
केहि दिन अगाडिको पत्रकार सम्मेलनमा आर्यनले फिल्मबाट निकै आश गरेको बताएका थिए । गीतसंगीतको चर्चासंगै धेरै दर्शकहरुले फिल्मलाई पर्खेर बसेका छन् । फिल्ममा आर्यनसंगै रेम बिक, सुरबिना कार्की, बोधराज रेग्मी, विजयराज सेन्चुरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्मलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।
फिल्ममा द्वन्दद्व निर्देशक सानुकुमार महर्जन हुन् । विष्णु हमाल कार्यकारी निर्माता रहेको फिल्ममा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्रीले लगानी गरेका छन् ।
http://www.ratopati.com/2014/11/13/181992.html#sthash.Mm9mckWZ.jOr0WTCh.dpuf
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments