Thursday, November 13, 2014
कलेज छाडेर फिल्म हेर्न जाने जोडीलाई प्रहरीले समात्यो
काठमाडौं : कलेजको कक्षा बंक गरेर फिल्म हेर्नका लागि गोपीकृष्ण हलमा पुगेका स्थानीय कलेजका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कलेज पोशाकमा फिल्म हलमा देखिएकोले उनीहरुलाई नियन्त्रण लिएर अभिभावकको जिम्मा लगाइएको गौशाला प्रहरीका प्रमुख नायव उपरीक्षक राकेश सिंहले बताए। प्रहरीले गोपीकृष्ण हलबाट १३ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । कलेजको पोशाकमा फिल्म हेर्न जान नपाइने आचारसंहिताको उलंघन भएको सम्बन्धित पक्षको गुनासोका आधारमा प्रहरीले हलमा छापा मारेर नियन्त्रणमा लिएको हो।
कलेज पोशाकमा विद्यार्थीलाई हलमा प्रवेश निषेध गर्ने आचारसंहिता बने पनि यसको कार्यान्वयनमा कलेज प्रशासन जिम्मेवार नदेखिएको गुनासो प्रहरीले गर्दै आएको छ। ' फिल्म हलमा पुगेर समाउने काम हाम्रो होइन। तर अभिभावकबाट गुनासो आएपछि हामीले नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी आफन्तको जिम्मा लगाएका हौं , सिंहले भने ।
http://annapurnapost.com/News.aspx/story/2415#sthash.jEIdwidm.4v2etmRZ.dpuf
No comments:
Write comments