top_rightads

Monday, November 17, 2014

छोराको फिल्म हिट गराउन नायक भुवन केसीले बिद्यार्थी पक्राएको खुलासा

 


काठमाडौ–कलेज ड्रेसमा फिल्म हेर्न गएका १३ बिद्यार्थीलाई नेपाली चलचित्रका नायक भुवन केसीले पक्राउ गराएको खुलासा भएको छ । केही दिनअघि गोपिकृष्णहलबाट ड्रेसमै १३ बिद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो । आफ्ना छोरा अनमोल केसीले अभिनय गरेको चलचित्र जेरीलाई प्रचार गराउन भुवनले यस्तो चाल चलेको प्रहरीले बताएको छ । बिद्यार्थीहरुलाई छोरा अनमोल मार्फत फिल्म हेर्ने निम्ता दिएका केसीले पछि प्रहरीबाट पक्राउ गराएका थिए । उनले छोराको चलचित्रको प्रचार गराउन यस्तो शैली अपनाएको प्रहरीले ठहर गरेको छ । फिल्म राम्रो भएकोले पढाई छोडेर बिद्यार्थी हल पुगेको प्रचार गराउन उनले यस्तो हर्कत देखाएका हुन् । तर प्रहरी पक्राउ गरेका केही बिद्यार्थीहरु जेरी भन्दा पनि हिन्दी फिल्म हेर्न पुगेका थिए ।

 आफु माफर्त छोराले निम्तो दिएका बिद्यार्थी हल पुग्न साथ नायक भुवनले गौशलाका प्रहरी प्रमुख डीएपी राकेश सिंहलाई फोन गरेका थिए । फिल्म सुरु हुनु भन्दा अगाडी नै प्रहरी पुगेर बिद्यार्थीलाई अपराधी जस्तै गरि प्रक्राउ गरिएको थियो । कलेज ड्रेसमा फिल्म हेर्न जान नपाइने निमय छैन । तर नायक केसीको आग्रहमा प्रहरीले बिद्यार्थीलाई अपराधी सरह पक्राउ गरि ट्रकमा राखेको छ । बिद्यार्थीलाई अपराधी सरह ब्यवहार गरेपछि अहिले प्रहरीको चौतफी बिरोप पनि भइरहेको छ ।

नायक भुवन केसीले बिद्यार्थी पक्राउदाँ प्रहरीलाई मात्र खवर गरेनन् टेलिभिजनका पत्रकार समेत बोलाएको रहस्य खुलेको छ । केही पत्रकारहरुलाई उनले पहिले नै हलमा पुरयाई सकेको थिए भने केही टेलिभिजन पत्रकारलाई बिद्यार्थी हलमा देखेपछि बोलाएका थिए । प्रहरीले पक्राउ गरेपछि पनि टेलिभिजनका क्यामरामेन र पत्रकार नपुगेसम्म त्यहाँबाट लिन उनले दिएका थिएनन् । बिद्यार्थीहरु पक्राउ परे लगतै ३ सय बिद्यार्थी पक्राउ परेको जानकारी टेलिभिजनहरुलाई नायक केसीले दिएका थिए ।
आफ्ना छोराले अभिनय गरेको फिल्मलाई प्रोपगान्डा बनाउन उनले प्रहरीलाई प्रयोग गरि बिद्यार्थीको चरित्रमाथी खेलवाड समेत गरेको चर्चा चलचित्र क्षेत्रमा अहिले चर्चित बनेको छ

http://onlinedainik.com/newspage.php?&nid=2496#.VGrtoZ9SbIU

No comments:
Write comments