Tuesday, November 25, 2014
छविको सरप्राइजबाट डाँको छोडिन् शिल्पाले
मंगलबार, मंसिर ९,
निर्माता छविराज ओझाले आफ्नो ५० औं जन्म दिनको अवसर पारेर सबैलाई सरप्राइज दिने भन्दै बोलाएका थिए । यसले सबैलाई खुल्दुली त बनाएको थियो तर नायिका शिल्पा पोख्रेल जति डर अरुलाई लागेको थिएन किनकि केहि समय देखि उनको नाम छबि संग जोडिँदै आएको छ ।
छविराजले पनि शिल्पाले आफुलाई स्वीकार गरे आफुले नाइँ नभन्ने प्रतिक्रिया दिदै आएका थिए । यहि कारणले शिल्पा डराएकी हुन् ,कतै आफुलाई छविले प्रेम प्रस्ताव त राख्ने हैनन भनेर । तर, जब कार्यक्रममा छविले बिहेको नभई आफ्नो जन्मदिनको खुशी साट्न बोलाएको भन्ने थाहा भयो उनको मन ढुक्क भयो ।
शिल्पा केही खुशी देखिइन् । तर, जब कार्यक्रम संचालक नरेश भट्टराइले छवि ओझा हरेक कुरामा सफल भएपनि बिहेको मामालामा असफल भएको कुरा गर्न थाले, शिल्पाको आँखा भिज्यो । उनले छविको जीवनलाई केहि बुझेको जस्तो महशुश गरिन उनको त्यो अनुहारले पनि त्यहि संकेत गरेको थियो कि शिल्पाको मनमा पनि छबि प्रति केहि माया उब्जिएको छ ।
बाहिर जे जस्ता चर्चा भएपनि शिल्पा छविलाई प्रेम गर्छिन् भन्ने त प्रष्ट हुन्छ । छविको घरवार सम्हाल्ने मान्छेको खोजी भैरहदा शिल्पाको आँखामा देखिएका आशुले यस्तै प्रमाणित गर्छन् । तर उनले छविलाई माया गरेको जसरि साथ दिन सक्छिन कि सक्दिनन भन्ने कुरा त उनको हातमा छ । एजेन्सी
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments