नायक राजेश हमालको दिनचर्या फेरिएको छ । बिहेपछि उनले चलचित्रमा खासै समय दिएको पाइदैन । अर्कोतिर, उनको हातमा चलचित्रको संख्या पनि न्यून छ । हमालको यो व्यक्तीगत दिनचर्याले उनलाई फ्यान र मिडियाबाट केही पर राखिदिएको छ । सायद, यसैले होला उनले फेसुबक एकाउन्ट खोलेर फ्यानहरुसँग जोडिने काम गरेका छन् ।
हमालले, बनारसमा आफ्ना बुबा–आमाले बिहे गरेको समेत संझिएका छन् । आफ्नो पिताले अध्ययन गरेको ठाउँ पनि यही नै रहेको हमालले लेखेका छन् । पत्नी मधु भट्टराई विना नै हमालले रमाइलो गरेको देखिन्छ । हरेक स्थानमा पत्नी मधु भट्टराइलाई लिएर पुग्ने हमाल यसपटक भने एक्लै रमाइरहेका छन् ।
No comments:
Write comments