top_rightads

Wednesday, December 3, 2014

प्रेमिकासंग बोल्न अप्ठेरो लाग्छ भने यसरी भन्नुहोस् मनका कुरा...

 

मायामा पर्नु भएको छ भने सुरुको अवस्थामा माया गर्ने व्यक्तिसँग कुरा गर्दा अप्ठेरो लाग्ने, लाज लाग्ने र मुख रातो हुने गर्दछ । यस्तो असहज अवस्था सायद धेरै मानिसहरुलाई भएको हुनसक्छ । यस्तोमा आफ्नो मनको कुरा भन्न धेरैलाई निकै कठिन भएको हुनसक्छ तर धेरै नबोल्ने मानिसहरुका लागि आफूलाई मनपरेको मान्छेसँग आफ्नो मनको कुरा खोल्नु कम गाह्रो हुँदैन । आफ्नो कुराहरु भन्न नपाएर तनावमा हुनुहुन्छ भने हामी तपाईंलाई यस्ता तरिकाहरु भन्छौँ जसले गर्दा तपाईंले आफ्नो भावना मनपरेको व्यक्तिलाई भन्न सक्नुहुनेछ ।




 १. तयारी गर्नुहोस्ः आफूलाई मनपरेको व्यक्तिसँग भेट्न जाँदै हुनुहुन्छ भने मानसिक रुपमा तयार भएर जानुहोस् । उक्त व्यक्तिलाई भेटिसकेपछि सबै कुरा बिर्सेर केहि पनि बोल्ने नसक्ने जस्तो नहुनुहोस् त्यसकारण ती व्यक्तिलाई भेटेपछि के भन्ने कसरी भन्ने जस्ता कुराहरुमा तयारी गर्नुहोस् जसका कारण तपाईंले आफ्नो भावनालाई राम्रोसँग व्यक्त गर्न सक्नुहुनेछ ।

 २. आत्मविश्वासी बन्नुहोस्ः आफैँलाई विश्वास गर्नुभयो भने तपाईंलाई आफ्नो भावना व्यक्त गर्न सजिलो हुने गर्दछ । उनलाई भेटिसकेपछि आफ्नो कुराहरु बिना रोकटोक पूरै आत्मविश्वासका साथ भन्नुहोस् र यसको नतिजा तपाईंले आफैँ देख्नुहुनेछ ।

 ३. आफ्नो भावनालाई लेख्नुहोस्ः यदि आफ्नो भावनालाई केहि गरेर पनि भन्न सक्नुहुन्न जस्तो लाग्छ भने यसलाई लेख्नुहोस् । तर लेख्दा निकै राम्रा शब्दहरु प्रयोग गरेर कम शब्दमा लेख्नुहोस् अथवा यदि तपाईंलाई मन लाग्यो भने कुनै रोमान्टिक कविता पनि लेख्न सक्नुहुन्छ । आफूले लेख्दा पढ्ने व्यक्तिले आफ्नो भावना बुझ्छ कि बुझ्दैन भन्ने कुरा पनि याद गर्नुहोस् ।

 ४. आफैँलाई व्यक्त गर्नका लागि भिन्न तरिका अपनाउनुहोस्ः यो ट्विटर र फेसबुकको जेनेरेसन हो । यदि तपाईं भेटेर कुरा गर्न डराइरहनुभएको छ भने अर्को तरिका अपनाउनुहोस् । यो विषयमा इमेलले तपाईंको मद्दत गर्नसक्छ । तर मेल लेख्दा पनि तपाईंले निकै बिचार गरेर लेख्नुपर्ने हुन्छ । यसका साथसाथै तपाईंले मेसेजको सहारा पनि लिनसक्नुहुनेछ । तरिका जे सुकै अपनाउनुहोस्, आफ्नो भावना व्यक्त हुने तरिका अपनाउनुहोस् । (एजेन्सी)

No comments:
Write comments