top_rightads

Tuesday, December 9, 2014

दश मिनटको योगाले यसरी चम्काउँछ तपाइको मुहार

 

यदि तपाईं मानसिक तनाव महशुस गर्नु हुन्छ या तपाइंलाई हताशा चिन्ता आदि समस्या हरु सधै सताउने गर्छन भने, हरदिन यो आसन गर्नुहोस, तपाइंको जीवन र जीवनको दृष्टिकोण बदलिनेछ । योगासनले मनलाई शान्ति प्रदान गर्नुका साथै स्वास्थ्यको लागि पनि लाभदायक मानिएको छ । योग बाट आँखाको रोशनी बढ्नुको साथै मुहारमा चमक आउनेछ । आज हामी सर्वांगासनको चर्चा गर्दैछौं, यसले विशेष गरि तपाइंको आँखा र मुहारमा कान्ति ल्याई व्यक्तित्व विकास गर्न मदत गर्नेछ ।



सर्वांगासनको विधि
सुबिधाजनक स्थानमा पातलो तन्ना ओच्छ्याएर सर्वप्रथम सवासन (उत्तानो परेर सुतेको अवस्था)मा रहनुस । अब दुवै हात तिघ्रामुनि जमिनमा राख्नुस ।गहिरो स्वास लिनुहोस् । बिस्तारै घुंडा खुम्च्याउदै दुवै खुट्टालाइ सम्भव भए सम्म ३० डिग्री, ६०डिग्री हुदै ९०डिग्री माथि उठाउनुस र पिठिउलाइ पनि हल्का उठाउनुहोस । त्यसपछि दुवै हातलाई कम्मरमा राखेर शरीरको उठेको भागलाई सहारा दिनुहोस । खुट्टा सिधा माथि उठी सके पछी एकछिन सोही अवस्थामा राख्नुस, यो समयमा स्वासप्रस्वास लाइ स्वाभाविक हुन दिनुस । आँखालाइ बन्द गर्नुस वा खुट्टाको औंलामा केन्द्रित गर्नुस । त्यसपछि बिस्तारै पहिले जसरी उठाउनु भएको थियो त्यसै गरि पहिले पिठिउ र त्यसपछि दुवै हात हटाएर खुट्टालाई सिधा जमिनमा शुरुको पोजिसनमा राख्नुस । जति पटक सर्वान्गासन गर्नु हुन्छ उति नै पटक सवासनमा बिश्राम गर्नुस ।
सावधानी - कुहिनोले भुँईमा टेकेको हुनुपर्छ र दुवै खुट्टा एकनास सिधा मिलेको हुनुपर्छ । जसलाई गर्धन या ढाडको समस्या छ उनीहरुले यो आसन गर्नु हुदैन ।
लाभ : थायराइड एवं पिच्युटरी ग्लैंड मुख्य रुपमा क्रियाशील हुने हुँदा यो कदवृद्धिमा लाभदायक हुन्छ। दम, मोटोपना, दुर्बलता र थकानादि विकार दूर हुनुका साथै यसले मुहार तथा आँखामा रक्त संचार केन्द्रित गराई चमक ल्याउछ । स्त्रीहरु स्वास्थ्यमा यसले विशेष लाभ दिन्छ, मासिक धर्म संग सम्बन्धित बिमारीमा पनि राहत मिल्छ । समयपूर्व कपाल फुल्ने, अनुहारमा चायाँ पर्ने तथा क्रोध र चिड चिडापन जस्ता मानसिक विकारमा लाभदायक हुन्छ । यसको पूरक आसन मत्स्यासन हो अतः शवासनमा विश्राम गर्नुपूर्व मत्स्यासन गर्नु भए अरु लाभ प्राप्त हुन्छ ।

No comments:
Write comments