top_rightads

Friday, December 5, 2014

दश बानी, जसले तपाईंको खुसी लुट्न सक्छ....

 

भनिन्छ, मान्छे आदतको दास हो । संसार परिवर्तन गर्छु भन्ने मान्छे आफ्नो सानो तिनो कमजोरी परिवर्तन गर्न सक्दैन । संसारका सबै मानिसहरुको एउटा साझा चाहना हुन्छ । उनीहरु खुसीको खोजीमा हुन्छन् । खुसीबारे यहाँ निश्चित धारणा छैन, त्यसैले मानिसहरु खुसीको खोजीमा फरक-फरक दिशामा दौडधुप गरिरहेका हुन्छन् । प्रत्येक मानिससँग खुसीको बारेमा फरक-फरक दृष्टिकोण र धारणा रहेको पाइन्छ । संसारका सबै मानिसहरुसँग फरक-फरक आनीबानीहरु छन्, जसले उनीहरुलाई खुसी हुन सहयोग गरिरहेको हुन्छ, साथसाथै सपना गुमाउन पनि ।
दुर्भाग्यवश, मानिससँग त्यस्ता धेरै बानीहरु हुन्छन्, जसले तपाईको खुसी हरेर लग्छ, साथै तपाईंलाई दुःखी अनुभूत गराइरहन्छ । यदि तपाईले यस्ता नराम्रा बानीहरु सच्याउन कुनै प्रयत्न गर्नुभएन भने यस्ता हानिकारक बानीहरुले तपाईंको भावनात्मक हितलाई सजिलैसँग प्रभावित बनाउन सक्छ ।
तपाईंको हरेक दिनको आनन्दमाथि आक्रमण गर्ने तपाईंका बानीहरु थाहा पाउनुहोस् र सचेत रहनुहोस् :



१. उपयुक्त अवसरको प्रतिक्षा :

केवल तपाईंले मात्रै आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ । सही समयको लागि भनेर प्रतिक्षा नगर्नुहोस्, बरु हरेक क्षणहरुलाई सही समयमा रुपान्तरण गर्नुहोस् । आफूले चाहेको काम गर्न उपयुक्त अवसर र सर्वोत्तम क्षण पर्खिरहेका धेरै मानिसहरु सामान्यतया केही नगरी समाप्त हुन्छन् । जीवन छोटो छ, त्यसैले तपाईं र तपाईंको असाध्यै नजिकका र असाध्यै प्रिय मानिसहरुको जीवन भरपूर सफल बनाउन तत्काल आफ्नो सम्पूर्ण शक्ति लगाइहाल्नुहोस् ।

२. चाहना र रुचि बिनाको काम :

तलवी मानसिकताभन्दा माथि नउठेर केही नगर्नको लागि काम गर्नु (उद्देश्य बिनाको काम गर्नु) भनेको एकप्रकारको कैदमा बन्दी हुनु हो । दुर्भाग्यवश, आजकल धेरै मानिसहरु जब आर्थिक अभावबाट गुज्रन्छन्, तब आफूलाई मन नपर्ने काम गर्न जान्छन् । रुचि र आवेगबिना तपाईंले आफ्नो सपना र कामको बलिदानी नदिनुस् । यो तपाईंको जीवन हो र यो तपाईंको चाहनाले परिभाषित गरे अनुसारको कामको लागि हो । कन्फ्युसियसले एकपटक अद्भूत कुरा भनेका छन्, ‘तिमीलाई मन पर्ने काम रोज, त्यसपछि तिमीले जिन्दगीमा एक दिन पनि काम गर्नु पर्दैन ।’

३. अरुको सफलतामा ध्यान दिने :

हाम्रा वरिपरी धेरै खुसी मान्छेहरु छन् । तपाईंले प्रायः तिनीहरु मुस्कुराईरहेको, हाँसो ठट्टा गरिरहेको र हरेक कुरामा सफलता हासिल गरिरहेको भेट्नुहन्छ । फलस्वरुप, तपाईं अरुको जीवनम ध्यान दिन थाल्नुहुन्छ र तपाईंको सफलता उनीहरुको लक्ष्यसँग तुलना गर्नहुन्छ । यस्ता विनाशकारी विचारहरुले आफ्नो स्पिरिट रोक्न नदिनुहोस् । आफ्नो सफलतालाई आफैं परिभाषित गर्नुहोस् र सपनालाई पछ्याइरहनुहोस् । तपाईंको भाग्य लेख्ने एकजना मात्र कोही छ भने त्यो तपाई आफैं मात्र हो । तपाईं कस्तो जीवन बाँच्न चाहनुहुन्छ र त्यस्तो जीवन कसरी प्राप्त गर्न सक्नुहुन्छ ? जब तपाईंले यो निर्णय गर्नुहुन्छ, तब तपाईं जीवनमा अविश्वस्नीय परिवर्तन हासिल गर्नुहुनेछ ।

४. चिन्ता र डरसँग बाँच्नु :

डर र चिन्ता भनेका गलत भावनाहरु हुन्, जसले तपाईंलाई राम्रो बन्न सक्ने धेरै अवसरहरु अथवा विगतमा तपाईंले कहिल्यै गर्न नसकेका राम्रा कामहरु गर्न बाट बञ्चित गर्नसक्छ । ती सबै डर र नकरात्मकता आफ्नो जीवनमा नलिनुहोस् । जब तपाईं महसुस गर्नुहुन्छ कि तपाईंले असंख्य आनन्द र खुसीका पलहरु गुमाउनुभएको छ, तिनीहरुले सामान्यतया तपाईंलाई सधैं हतोत्साहित गराउँछन् । यस्ता डरसँग मुकाबिला गर्न र यसलाई अवसरको रुपमा ग्रहण गर्दै बाँकी जीवन बिताउन सकेसम्म तपाईंले आफूलाई पर्याप्त मात्रामा सामथ्र्यवान बनेको नै राम्रो । चिन्ता नगर्नुहोस्, खुसी हुनुहोस् ।

५. मनमा अन्तरनिहित घृणा :

माया एङ्गेलोउ भन्छन्, ‘घृणा, यसले विश्वमा प्रशस्त समस्या जन्माएको छ, तर अहिलेसम्म कुनै पनि समाधान गरेको छैन ।’ यदि तपाईंले नकरात्मक भावना आउने बाटो खुल्ला गर्नुभयो भयने यस्तो खराब बानीले साँच्चै तपाईंको मानसिक हितमा नकरात्मक असर गर्दछ । घृणा एउटा यस्तो शक्तिशाली भावना मध्ये एक हो, जसले तपाईंको आनन्द र जीवनलाई नै नष्ट गर्न सक्छ । तपाईंले घृणाको पहिचान गर्दै यसलाई जान दिनुपर्छ । विभिन्न नकरात्मक विचार गुमाउँदै आफूसँग भएको वस्तुमा आनन्दित हुँदा अझ धेरै रमाइलो हुन्छ । तपार्इ‌को मनको लागि, घृणा टाढा भगाउने एउटा मात्र औजार कुनै छ भने त्यो प्रेम नै हो । प्रेमले जीवन र उज्यालो फैलाउँछ तर घृणाले विनाश र अराजकता ।

६. सबै कुरा एकैपटक परिवर्तन गर्ने प्रयास गर्नु :

सबैकुरा एकैचोटि परिवर्तन गर्ने कुरा असम्भव नै छ । मलाई लाग्छ, केही कुरा मौलिक तरिकाले परिवर्तन गर्नु उत्तम हुन्छ । यो कुरा वैज्ञानिकरुपमा पुष्टि भइसकेको छ कि विचारणीय परिवर्तनको प्रक्रिया मानव मष्तिष्कका लागि अत्यन्तै तनावपूर्ण हुन्छ । हरेक कुरा क्रमिकरुपमा परिवर्तन गर्ने प्रयत्न गर्नुहोस् । यदि तपाई संसारमा केही नयाँ काम गर्न चाहनुहुन्छ भने तपाई वरिपरिको संसारलाई परिवर्तन गर्न शुरु गर्नुहोस् । जब तपाईं आफ्नै मन र मुड सामना गर्नुहुन्छ, तपाईंले अझ धेरै आनन्द महसुस गर्न सक्नुहुन्छ ।

७. कठिनाईहरुको बढाइचढाइ :

धेरै झिंगाहरु मध्ये एउटालाई हात्ती बनाउनु नै एउटा खराब दिनको कारण होइन । तपाईंले कठिनाईहरुलाई एउटा अवसरको रुपमा महसुस गर्नुपर्छ, व्यवहार गर्नुपर्छ न कि तपाईंको जीवनको समस्या । विभिन्न प्रकृतिका अप्ठ्याराहरु सामना गर्ने साहस र प्रतिबद्धता प्रदर्शन गर्न सक्ने मानिसको प्रतिबद्धताको स्तर र जीवनको सर्वश्रेष्ठ पुरस्कारका लागि जीवनले निरन्तर परीक्षा लिइरहेको हुन्छ । माओत्सेतुङले एकपटक उत्साहबर्द्धक वाक्य भनेका छन्, ‘कठिनाईहरुको समयमा हामीले हाम्रा उपलब्धिहरु उपलब्धिहरु बिर्सनु हुँदैन ।’ आफूले आफैंलाई विश्वास गर्नैपर्दछ र तपाईसँग सधै एक विकल्प छ र उपायहरु छ भन्ने महसुस गर्नुपर्दछ ।

८. क्षणिक सन्तुष्टि :

हाम्रो वरिपरि यति धेरै सुन्दर र आकर्षक कुराहरु छन् । सन्तुष्टिलाई चिन्नु र यसका प्रकारहरुका अन्तरलाई छुट्याउनु महत्वपूर्ण कुरा हुन्छ । हाम्रो जीवनमा दुई किसिमका सन्तुष्टिहरु हुन्छन् । मानिसहरु क्षणिक खुसी वा स्थायी सन्तुष्टि खोज्न सक्छन् । क्षणिक प्रकारको खुसी भनेको एक प्रकारको भौतिक सुविधा हो, जहाँ स्थायी प्रकारको सन्तुष्टि भनेको मन र मष्तिष्कको क्रमिक वृद्धि हो । स्थायी सन्तुष्टिले तपाईलाई आनन्द र विश्वास दिन्छ, जब क्षणिक आनन्दले तपाईंलाई अल्पकालीन प्रकृतिको आनन्द प्रदान गर्छ । यहाँ एउटाबाट अर्कोमा रुपान्तरण गर्न परिपक्वता र बुद्धिको आवश्यकता पर्दछ ।

९. शारीरिक आकर्षणको महत्वलाई बढाइचढाइ गर्नु :

वस्तु र मानिसलाई उनीहरुको स्वरुप र शारीरिक आकर्षणद्वारा नबुझौं । तपाईंले केही कुरालाई पनि त्यसको आकार र रंगको आधारमा छनौट गर्नुहुँदैन । किनकी स्वरुप भ्रमपूर्ण हुन्छ । निश्चय पनि, शारीरिक आकर्षण पनि धेरै महत्वपूर्ण हुन्छ, तर तपाईंले त्यसको भित्री गुणहरुलाई विचार गर्नुपर्छ, विशेषरुपमा जब मान्छेहरुबीचको नाता सम्बन्धको रुपमा यो आउँछ ।

१०. दुःख दिनेहरुलाई बोक्ने बानी :

कहिलेकाँही तपाईंलाई चोट दिने मानिसहरुबाट जोगिन आवश्यक छ । यदि तिनीहरु तपाईंको नकरात्मक भावना र दुःखको स्थायी स्रोत हो भने तपाईंले प्रेम र आदर गर्नेले तपाईंलाई मित्रवत व्यवहार गर्दैन भनेर तपाईंले स्वीकार गर्नुपर्दछ । उनीहरुलाई प्रभावित पार्न र केही प्रमाणित गर्न तपाईंको मूल्यवान समय खेर नफाल्नुहोस् । तपाईं अझ सुखी जीवन बाँच्नु चाहनुहुन्छ भने सबै बिषाक्त मानिसहरुलाई जान दिनुहोस् । जब कोही तपाईसँग रहँदा आफूलाई भाग्यमानी अनुभव गर्दैन भने उसलाई गुमाउन कति पनि नडराउनुहोस् । रोबर्ट टेउले एकपटक भनेका छन्, ‘नकरात्मक र बिषाक्त मानिसहरुलाई आफ्नो टाउकोको ठाउँ भाडामा नदेऊ । भाडा बढाउ र तिनीहरुलाई लात मारेर निकाल ।’
आनन्द तपाईंको हातमा पहिलादेखि नै छ तर, तपाईले यसलाई हेर्न र स्वीकार्न आफ्नो आँखा खोल्नुपर्छ । तपाईंको सपना धमिल्याउने र आनन्द चोर्ने खराब बानीहरुबाट छुट्कारा पाउने प्रयास गर्नुहोस् तब मात्र तपाईं राम्रो र आनन्दित हुनसक्नुहुनेछ ।
जेनिफर हाउस्टन

No comments:
Write comments