हामीहरु सुन्तला खाँदा त्यसको बोक्रा तासेर फाल्छौं । अझ बच्चाहरुले त त्यसको बोक्राको रस एक अर्काको आँखामा छर्केर आँसु निकालेर रमाइलो गर्छन् । यदी तपाईं पनि यस्तो गर्नुहुन्छ भने अब आइन्दादेखि यस्तो गर्न बन्द गर्नुहोस् र सुन्तलाको बोक्रालाई सम्हालेर राख्नुहोस् । सुन्तला र स्याउको बोक्रा समान हुन्छन् किनभने यी फलफुलका प्रायः पौष्टिक तत्व यिनका बोक्रामा हुने गर्छन् ।
द न्यु होल फुड इन्साइक्लोपीडीयाका लेखिका रेबिका वुडका अनुसार, ‘एउटा मध्यम आकारको सुन्तलामा ६० भन्दा बढी फ्लाभोनोइड र विभिन्न १७० प्रकारका फाइटोन्युट्रियन्टस् पाइन्छ ।’ यो तपाईंको छाला र शरीरको प्रक्रियालाई राम्रो हुन्छ । आर्युवेदका अनुसार सुन्तलाको बोक्रा तितो हुन्छ र यसका लघु र रुक्ष गुण हुन्छन् । यसले कफ र पित्तका दोषहरुलाई निर्मूल गर्न मद्दत गर्छ । यसले हाम्रो पेटमा ढिलो हुने पाचनप्रक्रियालाई सही समयमा ल्याउन मद्दत गर्छ र खाना पचाउन सहयोग गर्छ ।
यसबाट ग्याँस, भमिट र एसीडिटीबाट पनि छुटकारा पाउन सकिन्छ । सुन्तलाको बोक्राको मद्दतले खाना रुचाउन र वाकवाक आउनबाट बचाउँछ । सुन्तलाको बोक्रामा पाइने तेलमामा एन्टी माइक्रोबायल र एन्टी इन्फ्लामेटरी गुणहरु हुन्छन् । बोक्रामा रहेको डी लिमोनेन् नामक तेलले हाम्रो पेटमा भएको एसिडलाई कम गर्न र आन्द्राको सामान्य पक्रिया पुनः सञ्चालन गर्न मद्दत गर्छ । विभिन्न अध्ययनले सुन्तलाको बोक्राले कोलेस्ट्रोल र ट्राइग्लाइसेराइडलाई पनि कम गर्न मद्दत गर्दछ ।
त्यही भएर कोलेस्ट्रोलको मात्रा धेरै भएका मानिसलाई सुन्तलाको बोक्रा निकै फाइदाजनक हुनसक्छ । यसमा हस्पेरिडिन नामक फ्लाभोनोइड पनि हुन्छ जुन कोलोनको क्यान्सर र हाडसम्बन्धी रोग (ओटियोपोरोसिस्) बाट बच्न उपयोगी हुन्छ । सुन्तलाको बोक्रामा पाइने तेलले हाम्रो स्नायुप्रणालीलाई शान्त राख्न र राम्रोसँग निदाउन पनि मद्दत गर्छ । नुहाउँदा सुन्तलाको बोक्रा प्रयोग गर्ने हो भने यसबाट इन्सोम्निया (निद्रा नलाग्ने रोग) बाट छुटकारा पाउन सकिन्छ । सौन्दर्यमा सुन्तलाको बोक्रा यदी तपाईंको अनुहारको छाला चिप्लो हुन्छ भने सुन्तलाको बोक्रा लगाउँदा राम्रो हुन्छ । यसले छालामा तेलको मात्रालाई ठीक गर्न मद्दत गर्छ र छालालाई चिल्लो र नरम बनाउँछ ।
सुकाएको सुन्तलाको बोक्राले हाम्रो छालामा रहेको मेरेको कोषिका र ब्लाकहेड हटाउन मद्दत गर्छ र छालामा चमक ल्याउँछ । यसले छालामा देखिने डार्क स्पट हटाउन पनि मद्दत गर्छ । सुन्तलाको बोक्रामा हुने क्लेन्सिङ, इन्फल्यामेटरी, एन्टी ब्याक्टेरियल र एन्टीफंगल विशेषताले डण्डीफोरबाट छुटकारा पनि पाउन मद्दत गर्छ । सुन्तलाको बोक्रालाई ल्वाङ र दालचिनीसँग पानीमा उमाल्ने हो भने यसले तपाईंको कोठामा भएको दुर्गन्ध हटाउन पनि मद्दत गर्छ । खाना पकाउन खाना पकाउँदा सुन्तलाको बोक्रा प्रयोग गर्ने हो भने यसले विभिन्न परिकारको स्वाद बढाउन मद्दत गर्छ । सुन्तलाको बोक्रा प्रयोग भएको चक्लेटको स्वाद झनै मिटो हुन्छ । यसमा पाइने भिटामिन सीले विभिन्न रोगबाट लड्न पनि मद्दत गर्छ ।
No comments:
Write comments