top_rightads

Tuesday, October 14, 2014

पूर्वयुवराज पारसलाई १२ दिन थुन्न अदालतको आदेश

 

काठमाडौं,असोज २८ –पूर्वयुवराज पारस शाहलाई १२ दिनसम्म हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउनका लागि थाई प्रहरीले त्यहाँको अदालतसमक्ष अनुमति लिएको छ । जसअनुसार प्रहरीले अनुसन्धान प्रक्रिया सकेपछि सुनुवाइका लागि जुनसुकै दिन अदालतमा पेस गर्न सक्ने थाइल्यान्डमा रहेका पारसका सहयोगीले सोमबार जानकारी दिएका छन् । पारसले पछिल्लो समयमा आफ्नो कानुनी कामकाज गर्न जिम्मा दिन छाडेको थाइल्यान्डका वकिल साक्छाइलाई पुनः लागूऔषध प्रयोग गरेको मुद्दाको जिम्मा दिएर लगिएको छ । हिजो बिहान कानुनी सल्लाहकार साक्छाइ र एक नेपाली सहयोगी लुङखाइ प्रहरी स्टेसनमा पुगेका छन् । लागू औषध कारोबारमा दोषी देखाइएका पारसको मुद्दा फितलो बनाएर छुटाउन थाइल्यान्डका वकिल र नेपाली लागि परेका छन् ।

No comments:
Write comments