नेपाली चलचित्र क्षेत्रका नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर दुवै सुपर स्टार हुन् । दुवै जना वर्षौंदेखि चलचित्र क्षेत्रमा छन्,दुवै जनाले थुप्रै चलचित्रहरुमा सँगै अभिनय पनि गरेका छन् । कुनै समय यी दुवै नायक नायिका प्रेममा समेत रहेको चर्चा खूब चलेको थियो ।
आफूले हमालकै सल्लाह र प्रस्ताव अनुसार विनोदलाई सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराइसकिएको जानकारी दिदै करिश्माले आफूलाई कहिले घर भित्र्याउँने भनि सोधेकी थिईन् । करिश्माले निकै गम्भीरताका साथ त्यस्तो कुरा सुनाएपछि किचेनमा व्यस्त पत्नी मधुले सुन्ने डरले आत्तिएका हमालले आफूले त यसपालिको गाईजात्रामा रमाइलो र ठट्टका लागि मात्र विवाह गर्न राजी भएको भन्ने कुरा गरेको भनी करिश्मालाई भने । यता राजेशको जवाफले रिसाएर पड्किनुपर्ने करिश्माले पनि अझ मधुर मुस्कान छर्दै भनिन्–म पनि त्यति उल्लु कहाँ छु र राजेश जी ? अण्डर एसएलसी भएर के भो त अमेरिकासम्म भ्याएकी छु । तपाईले गाईजात्रे प्रस्ताव राख्नुभएकोले मैले पनि जनैपूर्णिमाको विदाको अवसरमा बन्द अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिएर आएकी हूँ । करिश्माको कुरा सुनेर राजेशको जुन् हालत भयो,त्यो चाहिं साँच्चिकै समाचार बन्न लायक रहेको सहयात्री गाईजात्रे सम्वाददाताले पठाएको समाचारमा उल्लेख छ ।
Nagariksamachar.com.
No comments:
Write comments