वास्तवमा पुनमले आफ्नो फेसबुकमा पिज्जा खाएकोदेखि लिएर बेडसिन सम्मका तस्बिरहरु राख्ने गरेकी छिन् । यस्तो अवस्थामा पाण्डेको फेसबुक अकाउन्ट बन्द हुनुले उनका प्रशंसकहरुलाई पनि ठूलो झट्का लागेको छ ।
फेसबुकको यो कदममाथि रुष्ट हुँदै ट्विटरमा उनले आफ्नो अकाउन्ट डिएक्टिभेट भएकोजानकारी दिएकी छिन् । फेसबुकमा पुनमलाई २० लाखभन्दा बढिले फलो गर्ने गर्दथे । आफ्नो ट्विटमा पुनमले लेखेकी छिन्, ‘मेरो आधिकारीक फेसबुक पेज डिएक्टिभेट भएको छ । त्यहाँ मेरा २१ लाख प्रशंसकहरु थिए । मेरा ट्विटरका साथीहरु बुझाउनुस् कि मैले आफ्नो फेसबुक अकाउन्ट अब कसरी फिर्ता पाउन सक्छु ?’
याद गर्नुपर्नेकुरा के छ भने पुनमले फेसबुकको प्रयोग आफ्नो पब्लिसिटीको लागि गर्ने गर्दथिन् जहाँ उनले भड्किला तस्बिरहरु पोष्ट गर्ने गर्दथिन् । सोसल नेटवर्किङ साइटमा पुनमले अश्लिल तस्बिरहरु पोष्ट गरेर मात्र पनि खुबै चर्चित बनेकी छिन् । यस्तो अवस्थामा उनको फेसबुक डिएक्टिभेट भएकोमा उनी निकै तनावमा छिन् । यदि ट्विटरले पनि उनकोअकाउन्ट यस्तै गरिदियो भने पुनमको हालत के होला ?
ratopati.com
No comments:
Write comments