top_rightads

Saturday, August 30, 2014

‘हजुरबा र बुवाको श्रीमती हुनुभन्दा मर्नु वेस’

 

म पुनम कार्की, काभ्रेपलाञ्चोकको पनौति नगरपालिकामा मेरो घर हो । घरमा दुई वहिनी र एक भाई मध्ये म जेठी हुँ । हजुरबुवा इन्द्र बहादुर कार्की र बुवा प्रकाश बहादुर कार्की हुन् । बुवाकी चार श्रीमति छन् । पहिलो श्रीमतिबाट ४ छोरी भएपछि उहाँले अन्य श्रीमति विवाह गर्नु भयो । तेस्रो श्रीमती मकाउमा छँदा फिलीपिनो केटीसँग विहे गरेर १ छोरी छिन् उनीहरु उतै बस्छन् । अर्की अर्की पाँचखालमा प्रेमिका रहेकी छिन् । मेरो शिक्षा सानै देखि बोडिङ स्कुलमा भयो । पाँच कक्षासम्म गाउँमा आमासँग बसे । ६ कक्षामा पढ्दै गर्दा एक दिन आमा र हजुरबाको निकै झगडा भयो ( जो हजुरबाले मंगलबार विहान विष सेवन गरि आत्महत्या गर्नु भयो ) त्यसपछि अलग अलग बस्न थाल्यौ । त्यसको करिव ७–८ महिनापछि हजुरबाले मलाई खाना पकाउने कोही भएन भनेर बोलाउनु भयो र म गएँ । हजुरबा खाटमा र म तल सुत्थ्यौं । त्यसको केही महिनापछि एक दिन हजुरबाले जाडो भयो तिमीपनि माथी आउँ भनेर बोलाउनु भयो । राति मलाई के के गुर्न भयो थाहा भएन, सानी थिएँ । भोली पल्टदेखि पेट दुख्न थाल्यो । रगत पनि बग्यो । विद्यालयमा पनि मलाई पेट दुख्ने र रगत बग्ने भएपछि मिसहरुले मलाई अस्पताल पुरयाउनु भयो । औषधी गरेपछि ठिक भयो ।

त्यसको केही समयपछि फेरी मलाई सुत्न बोलाउनु भयो म गइन । अनि पिट्नु भयो । मैले मम्मीलाई सवै भन्दीन्छु भनेपछि उहाँले कसलाई के भन्छिेस् भन्दै फेरी पिट्नु भयो । यसरी मलाई तीन पटक बलात्कार गर्नु भयो । फेरी मेरो पेट दुख्न र रगत बग्न थाल्यो । मलाई धेरै पिडा पनि भयो । ५, ६ कक्षामा पढ्ने भएकाले धेरै कुरा त्यो बेला बुझन पनि सकिन । बुवा विदेश हुनुहन्थ्यो । उहाँ आउनु भयो र मलाई मम्मीलाई संगै तल्लो घरमा राखिदिनु भयो । हामीसँगै बस्न थाल्यो । फेरी बुवा विदेश लाग्नु भयो । म ९ कक्षामा पढ्ने बेला उहाँ विदेशबाट नफर्किने गरि आउनु भयो । त्यो बेला एकदिन फुपु दिदी विरामी पर्नु भयो र उहाँलाई हस्पीटलमा कुर्न मम्मी जानु भयो । बुवाले महिलेदेखि मलाई चुम्पी गर्ने शरिर चलाउने, अंगालो हाल्ने गर्नुहुन्थ्यो । मैले चाहि बुवाले माया गर्नु भएको होला भन्थे । मम्मी गएको रात पनि उसले मलाई चलाउने चुम्पी गर्न काम गरिरहेको थियो । त्यही बेला आफ्नो कोठामा टिभि हेर्न बोलायो । म बहिनीहरुलाई लिएर टिभि हेर्न गएँ । त्यसको केही समयपछि उनीहरु कोठा गएर सुते । एक्लै भएको बेला उसले मलाई पहिले हात समात्यो त्यसपछि आफुमाथी राख्यो र अनी सुतायो । त्यसपछि म झसंग भए र भने के गर्नु थाल्नु भयो के भयो भनेर भने । उसले केही होइन चुप लाग भन्यो । त्यो बेला मलाई कस्तो भयो कस्तो  । मैले म सुत्न जान्छु भने उसले चुप लाग एक छिन हो केही हुदैन भन्यो । मेरो हात जोडले समात्यो । मैले नाइ नाई भने उसले मेरो मुख थुन्यो, हात बाँधिदियो, मेरो खुट्टालाई उसको खुट्टाले च्याप्यो । मेरो तल लगाएको कपडा खोलिदियो । फेरी हात फुकाएर माथीको कपडा पनि खोलिदियो । मलाई जवरजस्ती बलात्कार गरयो । मैले फुत्किने लाख कोसिस गरे तर सकिन । त्यो बेला रातभर रोइरहे । त्यसपछि म होस्टेल बस्ने गएँ । एसएससी सकेपछि फेरी म घरमा आएँ । एसएल सीमा ८३ प्रतिशत लिएर पास पनि भए । कलेज जान सुरु गरेको दुई महिनापछि म एक्कासी विरामी परे । कलेज जान नसकि सुतिरहेका बेला फेरी आएर जवरजस्ती बलात्कार गरयो । त्यो बेला म यति विरामी थिएँ की त्यहाँबाट हिडेर कतै जान सक्ने अवस्थामा पनि थिएन । मानसिक पिडाले म दुई बर्ष लगातार विरामी भए । बेहोस भएका बेला पनि होसमा आउदा बलात्कार गरेको हुन्थ्यो । मलाई यसरी धम्क्याएको थियो की म कसैसँग केही भन्न सक्ने अवस्थामा थिइन । उसले केही बाहिर भने मेरो मम्मीलाई समेत मारिदिने धम्की दिएको थियो ।
दुईबर्षको विरामी पछि मलाई अलि ठिक भएको थियो । त्यसको एक सातापछि पुनः मलाई बलात्कार गर्न खोज्यो मैले प्रतिवाद गर्न खोज्दा पाइपले पेटमा कुट्यो । त्यसका कारण ७ दिन पुन ज्वरो आयो ।
उसको डर धम्की र त्रासले मैले केही आवाज उठाउन सकेकी थिइन । गएको असोजदेखि मेरो स्वास्थ्यमा केही सुधार भयो र आवाज उठाउने निर्णयमा पुगे । पहिलो पटक यो कुरा मम्मीलाई भने । उहाँले मुद्दा लड्ने र मलाई न्याय दिलाउने बताउनु भयो । उहाँ सुरुमा रुनु पनि भयो । त्यसपछि मलाई घरमा बस्न मन लागेन् । कतिपटक म पनौतिको पाटीमा र कतिपयबेला गोरखनाथको पाटीमा बसे । मलाई हजुरबा, बुवा र भाइले पनि पिट्न थाले । त्यसपछि त मलाई त्यो घरमो भित्ता भित्ताले पनि पोल्न थाल्यो । ३० साउनमा पिडा सहन नसकेर धुलीखेलको जंगलमा गएर मेटासिड खाएँ । धुलीखेल अस्पतालमा ३ दिन सम्म आईसियूमा राखे पछि होस खुलेको हो । विष सेवन गर्नु अघि डायरी लेखे  ‘बुवाको श्रीमती हुनुभन्दा मर्नु वेस’ । मलाई सबै समाजले नराम्रो भन्ला । बाजे र बुवालाई आरोप लगाई भन्लान् तर म मरे पछि मेरो डिएन ए टेस्ट गराएपछि सबै कुरा छर्लङ्ग हुन्छ भनेर लेखेकी थिएँ । पछि घटना स्थलमा रहेको २,३ जना स्थानियले त्यो डायरी पाएछन् र बुवा प्रकाशले त्यो डायरी च्यातेर फ्याके छन् । (नाम परिवर्तन)

No comments:
Write comments