top_rightads

Wednesday, September 17, 2014

अपरिचित महिलालाई घर पुर्याएर जथाभावी गरेपछि……

 



काठमाडौं,असोज १ – मदिराले मत्थु महिला बाटोमा भेटिइन् । हिँड्न सक्दिनन् । यस्तो अबस्थामा घरसम्म पुर्याइदिनु त मानवीय धर्म नै भयो । तर,घर पुर्याएर उनकै खाटमा सुताएर जथाभावी गरेपछि नतिजा के होला ? बेहोसीमा होइन,होसमै ५० वर्षेले यस्तो हर्कत गर्दा ज्यान गुमाउनु परेको छ । हेटौडा–५,कुमाने घर भई काठमाडौंको गोकर्णेश्वरमा निर्माण मजदुरको काम गर्ने मीनबहादुर लोप्चनले ज्यान गुमाएको सन्दर्भ हो यो । पेशाले प्लम्बर हुन् । श्रीमतीसहित तीन छोरा छन् । एउटा छोरो भारत बस्छ,अर्को सँगै थियो,बाबुको काममा सघाउने । भदौ २६ गते बिहिबारको कुरा हो यो । काम सिध्याएपछि साँझ छोरोसँग २० रुपैयाँ मागेर भट्टी जान हिँडेका थिए । त्यसदिन रक्सी पिउने ठाउँ नपाएर वडा नं. ९ तिर जाँदै थिए । बाटोमा भेट भयो,मीना थापासँग । मीना रोल्पाकी हुन् ४० वषीया । गाउँमै बिबाह गरेकी पाँच सन्तानकी आमा । पति उतै छन् । काठमाडौंमा एकजना छोरा र छोरी साथमै छन् । छोरो कक्षा ८ मा पढ्ने,अर्की छोरी पनि नजिकै बस्छिन् पतिको घरमा । गोकर्णेश्वर–९ मा रैथाने कान्छा श्रेष्ठको घर छ । गाइबस्तु किनबेचको काम गर्छन् । ६० वर्ष उमेरका कान्छाकी पत्नीको पाँच वर्ष पहिले निधन भएको हो । रोल्पाबाट काठमाडौं बस्न थालेकी मीना थापा र कान्छालाई एकजनाले बुढेसकालमा एक्लो हुनु हुँदैन भनेर एकजनाले भेटाए । र,मीना कान्छाकै घरमा बस्दै आएकी थिइन् । सम्बन्ध लिभिङ टुगेदर जस्तो । बिहिबार घरमा कोही थिएनन् । छोरा रोल्पा गएको थियो,छोरी दिदीको घर गएकी थिइ । कान्छा पनि गाउँतिर घुमिरेहेका थिए । मिनबहादुर २० रुपैयाँ बोकेर रक्सी पिउने ठाउँतिर जाँदै थिए,मीना त्यतिबेला सम्म रक्सी पिएर खुट्टा राम्रोसँग टेक्न नसक्ने भइसकेकी थिइन् ।बाटोमा अपरिचित महिला रक्सीले खुट्टा टेक्न नसक्ने अवस्थामा भेटेपछि मिनबहादुरले उनलाई घरतिर जान सहयोग गरे । यसबीचमा उनले कैयन पटक उनलाई बाक्नु परेको थियो । घर पुर्याएर थकाइ मार्न बसेका मीनबहादुरलाई मीनाले आफुतिर तानिन् । शारीरिक सम्पर्क भयो । ९ बजे कान्छा गाउँ डुलेर घर फर्किए । मीनबहादुरले ढोकामा चुक्कुल लगाएका थिएनन् । कान्छा घर पुग्दा ढोका अलिकति ढप्किएको थियो । जब भित्र छिरे,मीनालाई अर्कैसँग देखे । त्यो पनि सम्पर्क भइरहेकै अबस्थामा । आफुसँग लिभिङ टुगेदरमा रहेकी महिलालाई अर्कैसँग देखेपछि उनले रिस थाम्न सकेनन् । हसियाँले जथाभावी प्रहार गरे । कान्छा भाग्न त भागे तर उनीमाथि धेरै चोट लागिसकेका थिए,पछि उनी अत्यधिक रक्तश्रावले कोठा भन्दा केही वर ढले,आजको जनआस्था साप्ताहिकमा खबर छ ।


No comments:
Write comments