हात र खुट्टा दुवै नभएको तथा यौनांग समेत प्रष्ट नभएको बच्चा जन्मिएपछि त्यसले ठूलै तरंग उत्पन्न
गरिदियो र त्यो अहिलेपनि चर्चाको विषय बनिरहेको छ, भारतमा । भारतको राजस्थानस्थित बिकानेर जिल्लामा,
यस्तो अनौठो बच्चाको जन्म भएको हो । हातखुट्टा नभएको र जिउ समेत विभिन्न खाले स्वास्थ्य समस्याले ग्रसित भएको उक्त बच्चा जन्मेको १ महिना भन्दा बढि भैसकेको छ । यो बच्चाको मेरुदण्ड भित्रको सुसुम्नामा समेत फोका अर्थात् सिस्ट रहेको र नाइटो भित्रको भागमा समेत समस्या रहेको डाक्टरहरुले बताएका छन् । तर अहिलेसम्म उसको मुटु, मस्तिष्क तथा पेटले राम्रै काम गरिरहेको हुँदा यो बच्चा बाँचेको छ । अझ अनौठो कुरा त के भने यो बच्चाको यौनांग समेत नभएकाले त्यो छोरो हो वा छोरी समेत पत्ता लगाउन सकिएको छैन । उक्त बच्चाकी आमाको सुत्केरी भएसँगै मृत्यु भएको थियो । प्रिन्स बिजय मेमोरियल अस्पतालका डाक्टरहरुले अहिले त्यो बच्चाको हेरचाह गरिरहेका छन् । बच्चाको बाउ तथा अन्य परिवार अहिलेसम्म अस्पतालमा नआएको बताइएको छ । डाक्टरहरुका अनुसार उक्त बच्चा टेट्रा एमेलिया नामको आनुवंशिक रोगबाट पीडित छ । यस्तो स्वास्थ्य समस्या लाखौँ मानिसमध्ये एक जनामा हुन्छ । अहिले बच्चालाई नलीबाटै दुध खुवाइएको छ । अझै दुइ हप्तासम्म बच्चा बाँचेमा उसको शल्यक्रिया गरी मूत्र निष्काशनलाई सहज बनाइने डाक्टरहरुले बताएका छन्
No comments:
Write comments