बलिउड चलचित्रमा चुम्बनका दृष्य सामान्य भैसके । तर चुम्बनकै विषयलाई लिएर बलिउड भने तातिरहन्छ । बलिउडमा अहिले चर्चा छ नवोदित अभिनेता बरुण धवनको ।
बरुण धवनले अभिनेत्री श्रद्धा कपुरलाई सजिलै चुम्बन गर्न सक्छु भन्ने अभिब्यक्ति दिएपछि उनको चर्चा चुलिएको हो ।
श्रद्धा र बरुणको ‘एबीसीडी-2’ नामक चलचित्रको सुटिङ चलिहरेको छ । यसमा उनीहरु नृत्यकारको भूमिकामा छन् । हालै मात्र मिडियामा बोल्दै बरुणले आफूले श्रद्धालाई सजिलै किस गर्न सक्ने बताएर सबैलाई आश्चर्यमा पारे ।
आफूले बच्चा बेला देखि नै श्रद्धालाई चिनेको र आफूहरु २० वर्ष देखि जोडी रहेको भन्दै बरुणले श्रद्धालाई किस गर्नु कुनै ठूलो कुरा नभएको बताए ।
यस अघि आलिया भट्टले बरुण धवनलाई एक नम्बरको किसरको सज्ञा दिएकी थिइन् । बरुणकी एक प्रेमिका छिन् जसलाई आलियाले मन नपराउने बताइन्छ ।
आलियाले केही समय अघी मात्र आफूले टुटेको दिलको उपचार गरिरहेको बताएकी थिइन् । उनले खुलस्त नभने पनि उनका ती दिल तोड्ने प्रेमी बरुढ भएको बताइन्छ ।
Monday, September 8, 2014
श्रद्धा कपुरलाई सजिलै चुम्बन गर्न सक्छु'
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments