पैसाका लागि बलात्कारको नाटक भिडियो हेर्न तल क्लिक गर्नुहोस : जाजरकोट,असोज१ –खलंगा, २ स्याँलाका २८ वर्षीय तिलक सुनारले योजनाबद्ध ढंगले एक युवती प्रयोग गरेर फर्जी बलात्कार घटनामा आफन्तलाइ नै फसाउन खोजेको आरोप लगाएका छन् । ती युवतीले तिलकविरुद्ध जाहेरी दिएपछि उनले अनाहकमा प्रहरी खोरमा ३ रात बिताउनुपरेको छ ।तिलक भने न्यायका लागि अधिकारकर्मी गुहारिरहेका छन् । रुकुम १ खलंगाकी १८ वर्षीया युवतीले उनीबिरुद्ध जर्वजस्ती करणीको झुटो जाहेरी दिएकी छन् । अर्को पक्षबाट १ लाख हात पार्ने प्रलोभनमा तिलकले बलात्कार गरेको भन्दै झुटो जाहेरी दिएकी थिइन् । खलंगा २,स्याँला स्थायी ठेगाना भई रुकूमको खलंगा १ मा ‘जाजरकोटी रविन ज्वेलर्स’ सञ्चालन गर्दै आएका रविन सुनार दम्पतीको मिलेमतोमा फसाउने योजना बनाएको तिलकको आरोप छ । उनीहरुले तिलकलाई जबर्जस्ती करणी मुद्दा लगाएमा ती युवतीलाई १ लाख दिने सर्तमा जारजरकोट पर्याएको खुलासा भएको छ । उनीहरुको योजना भने विफल भएको छ । ती युवती भदौ १९ गते योजनाअनुसार १५ हजार नगद र ५ हजार मूल्यको सुनको टप पेस्की लिएर नेपाल गन्ज पुगेकी थिइन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
No comments:
Write comments