top_rightads

Sunday, September 7, 2014

कलेजो क्यान्सरको उपचार आयुर्वेद पद्धतिबाट सफल

 

कालिका खड्का
 “बाँचौँला भन्ने आस मारिसकेकी थिएँ”, इलाम शान्तिडाँडा-९ की ६१ वर्षीय चित्रमाया खनालले भन्नुभयो, “कलेजोमा क्यान्सर भएकाले बाँच्दिन भनेर परिवारले पनि माया मारिसकेका थिए ।”

“खाना केही खान नहुने, मुखमा, घाँटीमा घाउ भएको थियो, खकारमा पनि कालो रगतको चोक्टै आउँथ्यो, आफूले भोगेको पीडा स्मरण गर्दै चित्रमायाले भन्नुभयो, “धेरै कष्ट सहेँ, अन्तिम अवस्थासम्म पनि बाँच्ने आशा सबैमा हुँदोरैछ ।”


गत वर्षेखि कलेजोमा क्यान्सर भएर निकै दुःख, कष्ट सहँदै आउनुभएकी चित्रमायाको उपचारका लागि आधुनिक चिकित्साको माध्यमबाट अर्थात् ठुल्ठूला अस्पतालबाट कलेजो क्यान्सर उपचार सम्भव नभएपछि कोपन्डोलस्थित विशेष आयर्ुर्वेदीय केन्द्रका वैद्य गणेशबहादुर राउतले आयर्ुर्वेदिक औषधिको सेवन गरेपछि अहिले पर्ूण्ा रुपमा ठीक भएको छ । उहाँले आयर्ुर्वेदिक औषधिको सेवन चार महिना गरेपछि कलेजोको क्यान्सर पूरै ठीक भएको हो । अहिले खानमा रुचि बढ्नाका साथै एक वर्षओछयानमा थला पर्नुभएकी चित्रमाया आफैँ शौचालय जाने तथा घर वरपर हिँड्ने गर्नुहुन्छ ।


उपचारका लागि झापा, काठमाडौँ र भरतपुर क्यान्सर अस्पतालमा उपचार गर्न नसकेर फिर्ता पठाइएको बिरामी ठीक भएकामा खुसी व्यक्त गर्दै खनालले भन्नुभयो, “विभिन्न्ा अस्पताल धाउँदा धाउँदा रु दर्ुइ लाख खर्च भयो तर बिरामीको उपचार हुन सकेन, माया मारेर घर फर्काइसकेका थियौँ, आयर्ुर्वेदिक केन्द्रबारे थाहा पाएर तैपनि हुन्छ कि भनेर गएको, निको भयो ।” । उहाँलाई उपचारका क्रममा चार महिनामा औषधि खर्च रु १० हजार लागेको थियो ।

कलेजो क्यान्सर भएर पुनर्जीवन पाउनुभएकी चित्रमाया जस्तै झापा चारपाने वडा नं ३ की ५० वषीँया सुष्मा उप्रेतीको पनि कलेजो क्यान्सर आयर्ुर्वेदिक उपचारबाट ठीक भएको छ । “गत वैशाखदेखि कलेजोमा क्यान्सर भएको थाहा भयो”, सुष्माले भन्नुभयो, “कति अस्पताल धाइयो तर ठीक भएन, आयर्ुर्वेदिक औषधि खान थालेपछि ठीक भयो, मलाई ठुल्ठूला अस्पतालभन्दा पनि आयर्ुर्वेदिक उपचारले सञ्चो भयो ।”

आमाको उपचारका लागि मेची अस्पताल विराटनगर, हिमाल अस्पताल ज्ञानेश्वरमा लगियो तर उपचार हुँदैन भन्ने थाहा पाएपछि आयर्ुर्वेदिक उपचार गरियf]mेअहिले ठीक छ, विभिन्न अस्पताल धाउँदा धाउँदा रु आठ लाखभन्दा बढी खर्च भयो, आयर्ुर्वेदिक उपचार गर्दा जम्मा रु १० हजार मात्र खर्च लाग्यो ” सुष्माका छोरा सोमनाथले भन्नुभयो ।

“आधुनिक चिकित्सा विज्ञानले गर्न नसकेको उपचार आयर्ुर्वेदिक पद्धतिबाट सम्भव छ, पाँच छ प्रकारका जडीबुटीबाट बनेको पर्ूण्ा रुपमा प्राङ्गारिक जडीबुटीको झोलबाट कलेजो क्यान्सरको उपचार सम्भव हुन्छ” विशेष आयर्ुर्वेदिक केन्द्रका सञ्चालक वैद्य राउतले भन्नुभयो । “कलेजोको क्यान्सर हुनुका मुख्य कारणमा पाचन प्रक्रियामा समस्या हुनु, विभिन्न रोगमा पेन किलर प्रयोग गर्दा त्यसको दुष्प्रभावका कारणले कलेजोमा खराबी हुन्छ”, उहाँले थप्नुभयो, ” रक्सी पिउनेलाई मात्र क्यान्सर हुन्छ भन्ने सोचिन्छ तर अरु व्यक्तिलाई पनि विभिन्न्ा कारणले क्यान्सर हुन्छ ।”

आधुनिक चिकित्सा विज्ञान पद्धतिअनुसार कलेजो क्यान्सर भएमा त्यसलाई प्रत्यारोपण गरेर नफेरी सम्भव छैन । कलेजो प्रत्यारोपणका लागि रु ६०/७० लाख लाग्ने भएकाले त्यो नेपालीको पहुँचभन्दा बाहिर रहेको वैद्य राउतको भनाइ छ । उहाँले थप्नुभयो, “आधुनिक चिकित्सा विज्ञान दमनको सिद्धान्तअनुसार उपचार गर्छ जसमा बढीभन्दा औषधि प्रयोग गरिन्छ तर आयर्ुर्वेदिक उपचार शुद्धीकरणको सिद्धान्तअनुसार उपचार गरिन्छ जसमा परामर्शका बढी औषधि कम खुवाइन्छ ।”

विसं २०४५ देखि सुरु भएको सो केन्द्रको सञ्चालन वैद्य राउतले नेपालको एक मात्र आयर्ुर्वेदिक क्यान्सर क्याम्पस नरदेवीबाट प्राविधिक तालिम लिएर गर्नुभएको हो । “नेपाल विभिन्न ऋषिमुनिहरुले तपस्या गरेको तपोभूमि हो योग र आयर्ुर्वेद नेपालबाटै सुरु भएको आधुनिक चिकित्सा विज्ञानको उपचारले गर्दा आयर्ुर्वेदिक उपचार ओझेलमा परेको छ” उहाँले भन्नुभयो ।

वैद्य राउतले सञ्चालन गरेको केन्द्रमा बिनाशल्यक्रिया पित-पत्थरी, कमलपित्त र मिर्गाैलाको उपचार आयर्ुर्वेदिक पद्धतिबाट हुँदै आएको छ ।

No comments:
Write comments