स्टकहोम (बीबीसी), कार्तिक २ - स्विडेनको नयाँ स्वास्थ्य मन्त्री २९ वर्षे ग्राबियल विकस्ट्रमले नागरिकको मुटुको ढुकढुकीलाई बढाइरहेका छन् । टीटरमा राखिएको उनको आकर्षक तस्बिरले टर्कीमा समेत उनलाई लिएर खैलाबैला मच्चिएको छ । उनले आफ्नो एक छोरा भएको बाहेक निजी जीवनबारे खासै केही खुलाएका छैनन् । उनी वैवाहिक स्टेट्सको मामिलामा मौन छन् ।
गत साता ट्वीटरमा उनको हजारौं फलोअर बने । गत शुक्रबारसम्म उनको २२ हजार ८ सय फ्लोअर थिए । दैनिक यसमा बढोत्तरी भइरहेको छ । प्रशंसकहरूले उनलाई 'ह्यान्डसम मिनिस्टर' भनेर सम्बोधन गर्छन् । उनी स्वयं पनि यो सबबाट चकित छन् । उनले यसको सम्बद्ध टर्कीसँग रहेको उनी बताउँछन् ।
'निकै फ्लोअर भएको कसैले आइतबार टर्कीमा मेरो बारेमा ट्वीट गरे, सोमबारदेखि टर्कीका थुप्रै नागरिकले मलाई फ्लो गर्न थाले, मैले मंगलबार उनीहरूको स्वागतमा केही लेख्ने सोच बनाएँ,' उनले भने । उनले ट्वीटर सन्देशमा यति मात्रै लेखे, 'टर्कीका सबै फ्लोअरलाई स्वागत छ, म उनीहरूप्रति आभार व्यक्त गर्छु ।' उनले अर्का सहकर्मी मन्त्री मेहमेट कापलानको सहयोगले सन्देश लेखेका थिए । उनको यो सन्देशलाई ८ हजार ५ सय पटक रि-ट्वीट गरिएपछि उनी हैरान भए ।
'म उनीहरूको प्रतिक्रियाले अनुग्रहित छु, तर यो सब मेरो रंगरूपले भएको हो,' उनले भने, 'सम्भवतः मेरो उमेर र ठूलो विभागको मन्त्री बन्दाको असर पनि हुन सक्छ ।' आफू रोल मोडल बनेर युवालाई राजनीतिमा आउनलाई प्रेरित गर्न सकेमा निकै राम्रो हुने उनले अभिलासा व्यक्त गरेका छन् । स्विडेनको नागरिकभन्दा टर्कीकाले निकै प्रसंसा गरिरहेको उनी स्विकार्छन् । उनले टर्कीको यात्रामा जाने सम्भावना व्यक्त गरेका छन् । 'टर्कीको यात्रामा जानु हुन्न, हाम्रा सुन्दरीहरूले तपाइर्ंलाई छाडैनन्,' उनलाई ट्वीटमार्फत भनिएको छ ।
No comments:
Write comments